परासी, ४ मङ्सिर/ नवलपरासीको कावासोतीस्थित इलाका प्रशासन कार्याल्यले अपाङ्गहरुलाई वितरण गर्ने अपाङ्ग परिचयपत्र वितरण गर्न छाडेपछि सो क्षेत्रका अपाङ्गहरु समस्यामा परेका छन् । विगत डेढ महिनादेखि इलाका प्रशासन कार्यालय कावासोतीले अपाङ्ग परिचयपत्र वितरण गर्न छाडेपछि सो क्षेत्रका अपाङ्गहरु सदरमुकाम परासी जिल्ला प्रशासन कार्याल्यमा आउनुपरेका छन् । जिल्ला प्रशासन कार्याल्यबाट अपाङ्ग परिचयपत्र वितरण हुने हुँदा इलाका प्रशासन कार्याल्यबाट अपाङ्ग परिचयपत्र वितरण कार्य बन्द गरिएको बताइएको छ ।