२० नोभेम्बर, २००८
व्यावसायिक रूपमा चरेसखेती
पोखरान्युज डट कम डट एन्पी
बझाङ

बझाङ, ५ मङ्सिर/ बझाङ जिल्लाका केही गाविसमा अझै पनि व्यावसायिक रूपमा चरेसखेती गर्ने गरेको पाइएको छ । चरेसखेती गर्न सरकारले प्रतिबन्ध लगाए पनि सम्बन्धित निकायहरूबाट भने नियन्त्रणका लागि केही प्रयास भने भएको छैन । यस वर्षात्र बझाङबाट पाँच क्विन्टल चरेस भारततर्फ गएको यस व्यवसायमा संलग्न ठेकेदारहरूले बताएका छन् । विशेष गरेर जिल्लाका दहबगर, भाम्चौर, सेनपसेला, लेखगाउँ, सुर्मा, ढौलीचौर र काँडा गाविसमा चरेसखेती खुला रूपमा हुने गरेको छ । गत कात्तिक महिनाको दोस्रो हप्तातिर मात्रै लेखगाउँ र सैनपसेला गाविसबाट दुइ क्विन्टल चरेस बिक्री भएको त्यहाँका स्थानीय बासिन्दा युवराज जप्रेलले जानकारी दिनुभयो ।

चरेस व्यापारीहरूले जिल्लाका सबै गाविसबाट चरेस सङ्कलन गरी देउरा र ढुङ्गाङ तथा डडेलधुरा जिल्लाको जोगबुढा गाविसको पैदलबाटो हुँदै लुकीछिपी महाकालीको टनकपुर पुगेर भारतीयहरूलाई चरेस बिक्री गर्ने गरेका छन् । यस वर्षबझाङमा बढी चरेस सङ्कलन भएको एक सुत्रले जनाएको छ । नाम बताउन नचाहने एक चरेस ठेकेदारले टनकपुरमा एक केजी चरेस रु.आठ हजारमा बिक्री गरेको जानकारी दिए । चरेसखेतीबाट राम्रो आम्दानी हुने हुँदा हिमाली भेगतिरका बासिन्दा यसको खेती बढी गर्छन् । चरेसको लोलाबाट रोल्लाको कपडा बुनेर बोल्लो बिक्री गर्न काठमाडौँसम्म यहाँका मानिसहरू जाने गरेका छन् ।


Post your comments here
समाचार
काठमाडौं, २२ पुस/ निर्वाचन आयोगले संविधानसभाका रिक्त ६ स्थानमा उपनिर्वाचनको मिति तोक्न सरकारलाई आग्रह गरेको छ। आयोगका पदाधिकारीले मंगलबार उप प्रधान तथा गृहमन्त्री वामदेव...
सप्तरी, २२ पुस/ मिलको फित्तामा बेरिएर आज बिहान सप्तरीको नक्तिराइपुर गाविसमा एक बालिकाको मृत्युभएको छ । मृत्यु हुनेमा राइपुर-८ निवासी चन्दर चौधरीकी १० बर्षिय छोरी लक्ष्मी रहेको...
लहान, २२ पुस/ ढाडीस्थित सुरक्षाफौजले विभिन्न जोखिम उठाएर गाईगोरु समाते पनि भन्सार कर्मचारीले कम मूल्य लिई छोडिदिने गरेको आरोप प्रहरीले लगाएको छ । ढाडीस्थित सुरक्षाफौजले...
ढाका,२२ पुस/ बङ्गलादेशका अन्तरिम सरकार प्रमुख फखरुद्दिन अहमद्ले बर्तमान सरकारले आम निर्वाचन शान्तिपुर्ण ढंगबाट सम्पन्न गरेको बताउनुभएको छ । निर्वाचनपछि नयाँ सरकारलाई सत्ता..
मनिला,२२ पुस/ फिलिपिन्सको राजधानी मनिलास्थित इजरायली राजदूतावास बाहिर प्रदर्शन गरिरहेका सयौ प्रदर्शनकारीले गाजामा भैरहेको यहुदी अतिक्रमणलाई अन्त्य गर्न माग गरेका छन् ।
२२ पुष,क्वाललालम्पुर/ आफ्नो निजी भम्रणमा मलेसिया आइपुग्नु भएका नेकपा (माओवादी) केन्द्रीय कार्यालय सचिव तथा सभासद श्रीराम ढकाल र नेपाल प्रगतिशिल श्रमिक मोर्चाका अध्यक्ष..