२० नोभेम्बर, २००८
लक्ष्यअनुसार राजस्व असुल नहुने अवस्था
पोखरान्युज डट कम डट एन्पी
विराटनगर

विराटनगर, ५ मङ्सिर/ चोरी निकासी र राजस्व छल्ने व्यापारीहरूको चलखेलका कारण रानीस्थित विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्ष०६५/६६ मा लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न नसक्ने अवस्था सृजना भएको छ । चालु आर्थिक वर्षा कुल रु.छ अर्ब चार करोड ७४ लाख ७३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको सो कार्यालयका कर्मचारीहरूले लक्ष्यअनुसारको राजस्व सङ्कलनका लागि दिनुपर्ने ध्यान दिन नसकेका कारण पनि लक्ष्यअनुसार राजस्व नउठ्ने अवस्था देखिएको हो । सो कार्यालयबाट चालु आर्थिक वर्ष०६५/६६ को पहिलो तीन महिनामा कुल रु.एक अर्ब २५ करोड ७३ लाख ४४ हजार राजस्व सङ्कलन भएको छ । कार्यालयका कर्मचारीहरूले कालो व्यापार र भन्सार छल्ने व्यापारीसँग राखेको नाजायज सम्बन्धकै कारण भन्सार राजस्व लक्ष्यअनुसार उठ्न नसक्ने स्थिति देखिएको नाम उल्लेख नगर्ने र्सतमा भन्सारमा एजेन्टका काम गर्ने एक व्यक्तिले बताए ।

सो कार्यालयले अहिलेसम्म कालो व्यापारमा संलग्न र भन्सार छल्ने व्यापारीहरूको नाम र तस्विर र्सार्वजनिक नगर्नुले पनि यो धन्दामा लागेकाहरूको मनोबल बढेको देखिएको छ । दर्जनौँ भन्सार एजेन्टहरूले भन्सारमा आएका मालवाहक ट्रकलाई अमानतमै भन्सार काट्ने गरेका छन् र यस कार्यलाई कर्मचारीहरूले नै प्रोत्साहित गरिरहेको थाहाभएको छ । सो कार्यालयका नायबसुब्बा भरत नेपालले रु.एक करोड ४१ लाख ७१ हजारको राजस्व भ्रष्टाचार गरेको आरोपमा अहिले उनीविरुद्धको मुद्दा विशेष अदालतमा चलिरहेको छ ।


Post your comments here
समाचार
लहान,२१ पुस/ केही वर्षअगाडि हरियो वनको रूपमा रहेको राष्ट्रिय वन मधेस आन्दोलन पछि अतिक्रमणको चपेटामा पर्दा दयनीय अवस्थामा पुगेकोमा आज लहानमा आयोजित एक कार्यक्रममा...
पोखरा, २१ पुस्/पर्यटन क्षेत्रमा लगानी बढेको छ । पर्यटक आगमनमा देखिएको सुधारसँगै पर्यटन क्षेत्रमा लगानी बृद्धि भएको हो । द्धन्द्ध शान्तिमा रुपान्तरण भएपछि आन्तरिक तथा बाहृय.....
२१ पुष, काठमाडौं/ साना दल र स्वतन्त्र सभासदसँग छात्रवृत्ति विधेयकमा सहमति जुट्न नसकेका कारण सोमबार बिहान ११ बजेका लागि बोलाइएको व्यवस्थापिका संविधानसभाको बैठक तीन....
२१ पुस, काठमाण्डौ/ नेकपा माओवादीको सैन्य संगठन जनमुक्ति सेनाले आफ्ना सेनालाइ पनि नेपाली सेना सरह सेवा र सुविधाको प्रदान गर्न सरकारसँग आग्रह गरेको छ । राजधानीको नयाँ बजारमा...
The new US embassy in Baghdad is due to be officially opened, with a dedication service led by Ambassador Ryan Crocker. Security will...
A Greek riot policeman has been seriously injured by two men with Kalashnikov automatic weapons in central Athens, officials say.