बुटवल, ५ मङ्सिर/ बुटवलमा यही मङ्सिर ७ र ८ गते अन्तरराष्ट्रिय आदिवासी चलचित्र प्रदर्शन गरिने भएको छ । अन्तरराष्ट्रिय आदिवासी चलचित्र महोत्सव नाम दिइएको सो प्रदर्शनीमा आठ वटा चलचित्र समावेश गरिने छ । आदिवासी जनजातिका भाषा, संस्कृतिको प्रचारप्रसार र विकास गर्ने उद्देश्यले सो प्रदर्शनी गर्न लगिएको संजोग लाफाले जानकारी दिनुभयो ।