२० नोभेम्बर, २००८
केटाले विवाहको सम्झौता तोडेपछि ५ लाख जरिवाना
पोखरान्युज डट कम डट एन्पी
बुटवल

५ मङ्सिर,बुटवल/ विवाहका लागि टीकाटाला गरिसकेको एक युवकले सम्झौता तोड्ने भनेपछि आक्रोशित भएका केटीका आफन्तले केटालाई भकुर्नसम्म भकुरी रु। पाँच लाख दण्डसमेत गराएका छन् । नवलपरासी प्रगतिनगर दलदलेका ३० वर्षीय लालप्रसाद काफ्ले रुपन्देही शङ्करनगरकी एक कन्यासाग यही कात्तिक २५ गते बाँकी जिन्दगीसागै बिताउने उद्घोषका साथ सम्झौता गरेकामा सम्झौता तोड्ने भनेपछि कारवाहीमा परेका हुन् । आक्रोशित केटीपक्षले सो विवाहका योजनाकार अर्थात् लमी ७३ वर्षीय ताराप्रसाद पाण्डेलाई समेत कुटपिट गरी गम्भीर घाइते तुल्याएको छ । घाइते पाण्डेलाई उपचारका लागि काठमाडौं पठाइएको उनका परिवारले जनाएका छन् ।

विगत १५ महिनादेखि अमेरिका बस्दै आएका लालप्रसाद विवाहका लागि केही समयअघि घर आएका थिए ।केटीले शैक्षिक योग्यता ढाँटेको थाहा पाएपछि आफूले विवाह गर्न इन्कार गरेको केटा काफ्लेले बताए । टीकाटालो गर्नुअघि बिएड पहिलो, दोस्रो वर्षको परीक्षा उत्तीर्ण गरेकी छु भनेकी ती केटीले पछि आफै फोन गरी फेल भएको जनाएपछि अन्य उपशङ्का गर्ने अवस्था सिर्जना भएकाले बाध्य भई आफूले विवाह गर्न नचाहेको उनको भनाइ थियो । आफन्तसहित विवाह नगर्ने जनाउदिन लमीका घर पुगेका लालप्रसादलाई केटी पक्षले घेरा हाली कुटेको थियो । सो कुटपिटबाट उनी घाइते भएका छन् ।

केटाले केटीसाग माफीमागी रु.पाँच लाख क्षतिपूर्ति दिने सहमतिपछि तनाव साम्य भएको थियो । इलाका प्रहरी कार्यालयको हाताभित्र दण्ड जरिवानाका रुपमा केटाले तिरेको रु.पाँच लाख केटीपक्षले शङ्कर नगर उच्चमाविको अक्षयकोषमा राख्ने तत्काल घोषणा गरेको थियो । विवाहका लागि भनी आफू अमेरिकाबाट यहाँ आएकामा विनाकसुर कुटाइ खानुपर्‍यो, उल्टै ठूलो राशिको जरिवाना तिर्नु पर्‍यो कस्तो विडम्बना- कुटाइबाट सुन्निएको गाला देखाउँदै केटा काफ्लेले भने ।


Post your comments here
समाचार
काठमाडौ, २२ पुस/ नेपाल एमेच्योर एथलेटिक्स संघको आसन्न चुनाब प्रक्रियागत र निष्पक्ष हुनेमा सम्बन्धितहरुले शंका ब्यक्त गरेका छन्। पुरानै स्थिति दोहोरिएमा एथलेटिक्स खेलले बिकासभन्दा..
काठमाडौं, २२ पुस/ पाँचौ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर गर्दै राष्ट्रिय खेलकुद परिषद्ले पुसको अन्तिम साता राष्ट्रिय खेलकुद भेला गर्ने भएको छ। राजधानीमा पुस..
२२ पुष, काठमाडौं/ सूचना तथा सञ्चार मन्त्री कृष्णबहादुर महराले एक हप्ताभित्र श्रमजिवी पत्रकार नियमावली लागू गरिने जानकारी दिनु भएको छ । क्रान्तिकारी पत्रकार संघ दाङले मंगलबार...
काठमाडौं, २२ पुस/ पुजारी नियुक्तिको विषयमा स्थानीय बासिन्दा र भण्डारीहरूले पशुपति क्षेत्रमा मंगलबार बिहानैदेखि विरोध प्रदर्शन सुरू गरेका छन्। विरोध प्रदर्शनका कारणा गौशाला क्षेत्रमा...
२२ पुस, काठमाण्डौ/ तीन सातादेखि अबरुद्ध ब्यवस्थापिका संसदको बैठक सुचारु गर्न मुख्य आठ दल सहमत भएका छन् । बिहान नौबजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा वसेको वैठकमा सत्तारुढ...
इनरुवा, २२ पुस/ जुट मजदुरको आन्दोलनका कारण आज तेस्रो दिन पनि कोसी राजमार्गको मोरङ-सुनसरीखण्ड अवरुद्ध भएको छ । न्युनतम रु.१९० ज्याला पाउनुपर्ने माग राख्दै तीन दिनदेखि...