१ डिसेम्बर, २००८
गोलीसहित दुइ लुटेरा पक्राउ
पोखरान्युज डट कम डट एन्पी
परासी

परासी, १६ मङ्सिर/ न्वलपरासी जिल्लाको सरावल गाविस, वडा नं. ३ स्थित हरेराम तेलीको घरमा हातहतियारसहित लुटपाट गर्न आएका लुटेरामध्येका दुइ जनालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना भारतीय नागरिक रहेको थाहाभएको छ । पाँचजनाको समूहमा आएका लुटेरामध्ये पक्राउ पर्नेमा नवलपरासी जिल्लाकै देवगाउँ गाविस, वडा नं. ६ का वीरेन्द्र केवट र भारत, महाराजगञ्जका पञ्च्राम यादव छन् । अभियुक्तहरूबाट केही थान गोली र घरेलु हतियार बरामद भएको जिल्ला प्रहरी कार्यालय, नवलपरासीले जनाएको छ । लुटेराहरूको प्रतिकार गर्दा घरधनी तेली घाइते भएका छन् ।


Post your comments here
समाचार
काठमाडौ, २२ पुस/ नेपाल एमेच्योर एथलेटिक्स संघको आसन्न चुनाब प्रक्रियागत र निष्पक्ष हुनेमा सम्बन्धितहरुले शंका ब्यक्त गरेका छन्। पुरानै स्थिति दोहोरिएमा एथलेटिक्स खेलले बिकासभन्दा..
काठमाडौं, २२ पुस/ पाँचौ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर गर्दै राष्ट्रिय खेलकुद परिषद्ले पुसको अन्तिम साता राष्ट्रिय खेलकुद भेला गर्ने भएको छ। राजधानीमा पुस..
२२ पुष, काठमाडौं/ सूचना तथा सञ्चार मन्त्री कृष्णबहादुर महराले एक हप्ताभित्र श्रमजिवी पत्रकार नियमावली लागू गरिने जानकारी दिनु भएको छ । क्रान्तिकारी पत्रकार संघ दाङले मंगलबार...
काठमाडौं, २२ पुस/ पुजारी नियुक्तिको विषयमा स्थानीय बासिन्दा र भण्डारीहरूले पशुपति क्षेत्रमा मंगलबार बिहानैदेखि विरोध प्रदर्शन सुरू गरेका छन्। विरोध प्रदर्शनका कारणा गौशाला क्षेत्रमा...
२२ पुस, काठमाण्डौ/ तीन सातादेखि अबरुद्ध ब्यवस्थापिका संसदको बैठक सुचारु गर्न मुख्य आठ दल सहमत भएका छन् । बिहान नौबजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा वसेको वैठकमा सत्तारुढ...
इनरुवा, २२ पुस/ जुट मजदुरको आन्दोलनका कारण आज तेस्रो दिन पनि कोसी राजमार्गको मोरङ-सुनसरीखण्ड अवरुद्ध भएको छ । न्युनतम रु.१९० ज्याला पाउनुपर्ने माग राख्दै तीन दिनदेखि...