१ डिसेम्बर, २००८
अपहृत बालक फिरौती तिरेर मुक्त
पोखरान्युज डट कम डट एन्पी
इटहरी

इटहरी, १६ मङ्सिर/ भारतीय आपराधिक गिरोहद्वारा मङ्सिर ९ गते सुनसरी जिल्लाको देवानगञ्ज गाविस, वडा नं. ३ स्थित आफ्नै घरबाट अपहरणमा परेका पाँच बर्षिय बालक रामचन्द्र मेहतालाई रु.दुइ लाख फिरौती तिरेर आफन्तले हिजो अपराहृन मुक्त गरेर ल्याएका छन् । आफन्त दाजु नाता पर्ने राजु मेहताले सो रकम तिरेर भारतको सहर्साजिल्लाको शीतलमाडी भन्ने गाउँबाट भाइलाई अपहरणमुक्त गर्न सफल भएको उनले बताए ।

घरमा आमासँगै सुतिरहेका बालक रामचन्द्रलाई भारतीय आपराधिक गिरोहले नाटकीय ढङ्गबाट अपहरण गरेर भारत सहर्साजिल्लाको दुर्गम गाउँमा राखेको भन्ने सुराकीका आधारमा प्रहरीसमेतको सक्रियतामा अपहरणमुक्त गर्न सकिएको पनि राजु मेहताले जानकारी दिए । बालक रामचन्द्रलाई भारतीय आपराधिक गिरोहले पैसाकै लागि अपहरण गरेको र बारम्बार अज्ञातस्थलबाट फिरौती रकम माग गर्ने गरेको पनि आफन्तहरूले बताएका छन् ।


Post your comments here
समाचार
लहान,२१ पुस/ केही वर्षअगाडि हरियो वनको रूपमा रहेको राष्ट्रिय वन मधेस आन्दोलन पछि अतिक्रमणको चपेटामा पर्दा दयनीय अवस्थामा पुगेकोमा आज लहानमा आयोजित एक कार्यक्रममा...
पोखरा, २१ पुस्/पर्यटन क्षेत्रमा लगानी बढेको छ । पर्यटक आगमनमा देखिएको सुधारसँगै पर्यटन क्षेत्रमा लगानी बृद्धि भएको हो । द्धन्द्ध शान्तिमा रुपान्तरण भएपछि आन्तरिक तथा बाहृय.....
२१ पुष, काठमाडौं/ साना दल र स्वतन्त्र सभासदसँग छात्रवृत्ति विधेयकमा सहमति जुट्न नसकेका कारण सोमबार बिहान ११ बजेका लागि बोलाइएको व्यवस्थापिका संविधानसभाको बैठक तीन....
२१ पुस, काठमाण्डौ/ नेकपा माओवादीको सैन्य संगठन जनमुक्ति सेनाले आफ्ना सेनालाइ पनि नेपाली सेना सरह सेवा र सुविधाको प्रदान गर्न सरकारसँग आग्रह गरेको छ । राजधानीको नयाँ बजारमा...
The new US embassy in Baghdad is due to be officially opened, with a dedication service led by Ambassador Ryan Crocker. Security will...
A Greek riot policeman has been seriously injured by two men with Kalashnikov automatic weapons in central Athens, officials say.