१ डिसेम्बर, २००८
कामदार कर्मचारीको तलबभत्ता बृद्धि गर्ने सहमति
पोखरान्युज डट कम डट एन्पी
काठमाडौँ

काठमाडौँ, १६ मङ्सिर/ नेपाल उद्योग वाणिज्य महासङ्घ र ट्रेड युनियन महासङ्घहरूबीच हिजो यहाँ उद्योग/प्रतिष्ठानका कामदार कर्मचारीका लागि नयाँ तहगत तलब र भत्ता कायम गर्ने सहमति भएको छ । नेपाल सरकारले निर्धारण गरेको न्यूनतम तलब र महङ्गी भत्ताको कार्यान्वयनसम्बन्धमा हिजो दुवै महासङ्घका प्रतिनिधिबीच भएको सहमतिअनुसार क्रमशः तलब र भत्ता अदक्षको रु.तीन हजार ५०।- र रु.एक हजार ५५०।- गरी कुल रु.चार हजार ६००।-, अर्धदक्षको रु.तीन हजार १००।- र रु.एक हजार ५५०।- गरी कुल रु.चार हजार ६५०।-, दक्षको रु.तीन हजार २००।- र रु.एक हजार ५५०।- गरी कुल रु.चार हजार ७५०।- तथा उच्चदक्षको रु.तीन हजार ४००।- र रु.एक हजार ५५०।- गरी कुल रु.चार हजार ९५०।- कायम भएको छ ।

सहमतिमा कुनै उद्योग/प्रतिष्ठानले न्यूनतम तलब र भत्तामा वृद्धि गरेको रहेछ भने त्यस्तो वृद्धि रकमलाई हाल वृद्धि भएको तलब र महङ्गी भत्तामा समायोजन गर्ने निर्णय भएको छ । सो रकममा वाषिर्क वृद्धि -गे्रड) भने समायोजन गरिएको छैन । सहमतिअनुसार उक्त पारिश्रमिक २०६५ असोज १ गतेदेखि लागू हुने गरी कार्यान्वयन गरिने छ । सहमतिपत्रमा दैनिक ज्यालादारीको हकमा प्रतिदिन रु.१९०।- न्यूनतम ज्याला लागू गर्ने र श्रम एवम् औद्योगिक क्षेत्रमा देखिएका समस्या समाधानका लागि व्यवस्थापन र ट्रेड युनियन पक्षबीच आपसी सहमति कायम गर्दै अघि बढ्ने उल्लेख छ । सोसम्बन्धी सहमतिपत्रमा नेपाल उद्योग वाणिज्य महासङ्घका तर्फबाट अध्यक्ष कुशकुमार जोशी, कार्यकारिणी समिति सदस्य अशोककुमार तोदी, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष सुरेश बस्नेत, रोजगारदाता परिषद्का सदस्य मनिषकुमार अग्रवाल, रोजगारदाता परिषद्का सदस्य अञ्जन श्रेष्ठ, होटल सङ्घ नेपालका गान्धी पण्डितले हस्ताक्षर गर्नुभएको छ ।

त्यस्तै ट्रेड युनियन महासङ्घका तर्फबाट नेपाल ट्रेड युनियन महासङ्घका अध्यक्ष मुकुन्द न्यौपाने, अखिल नेपाल ट्रेड युनियन महासङ्घका तर्फबाट संविधानसभा सदस्य शालिकराम जमरकट्टेल, नेपाल ट्रेड युनियन काङ्ग्रेस -स्वतन्त्रका उपाध्यक्ष पुष्कर आचार्य, अखिल नेपाल ट्रेड युनियन महासङ्घ -अन्टुकका अध्यक्ष जय कार्की, राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासङ्घका महासचिव हिक्मतजङ्ग भण्डारी र नेपाल प्रगतिशील ट्रेड युनियन महासङ्घ -फिनेप्टका अध्यक्ष तिलकबहादुर थापाले हस्ताक्षर गर्नुभएको छ ।


Post your comments here
समाचार
मनिला, २२ पुस । फिलिपिन्सको राजधानी मनिलास्थित इजरायली राजदूतावास बाहिर प्रदर्शन गरिरहेका सयौं प्रदर्शनकारीले गाजामा भइरहेको यहुदी अतिक्रमणलाई अन्त्य गर्न माग गरेका छन् ।
फ्रायांकर्फट, २२ पुस । जर्मनीको विलासी कार निर्माता पोर्से सबैभन्दा ठूलो यूरोपेली कार कम्पनी भक्सवागनलाई आफूमा गाभेको छ । पोर्से सोमबार बेलुकी यो कम्पनी ५० प्रतिशत भन्दा बढी शेयर किनेको थियो ।
लमजुङ, २२ पुस । लमजुङ जिल्लाको तार्कु गाउँ विकास समितिका बासिन्दाले ऋण काढेर आफ्नो गाउँमा सडक निर्माण गरी मोटर पुर्‍याएका छन् । सदरमुकाम तथा देशका अन्य भाग जान र र्फकन असुविधा भएपछि रु.१७ लाख ऋण खोजेर गाउँलेहरूले सो बाटो निर्माण गरेका हुन् ।
बागलुङ, २२ पुस । काडेबाँसबाट बागलुङ जिल्लाको सदरमुकामतर्फ आइरहेको ग.१त ११७० नं.को टयाक्टर मल्म गाविसको भीमसेन ढुङ्गामा आज बिहान दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।
काठमाडौ,२२ पुस । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन -र्सार्कका एचआइभी/एड्स तथा क्षयरोगका लागि सद्भावना राजदूत शवाना आज्मीले एचआइभी/एड्स तथा क्षयरोग नियन्त्रणका ...
२२ पुस, काठमाण्डौ/ मधेसी जनअधिकार फोरमभित्र विबाद चर्किएपछि असन्तुष्ट समुहले सरकारमा सहभागी आफ्ना मन्त्रीहरुलाइ हटाउन प्रधानमन्त्री प्रचण्डसंग आग्रह गरेको छ । असन्तुष्ट समुहले...