१ डिसेम्बर, २००८
बम विस्फोटबाट एक सुरक्षाकर्मी सख्त घाइते
पोखरान्युज डट कम डट एन्पी
गौर

गौर, १६ मङ्सिर/ अज्ञात समूहले गए राति करिब सात बजे डयुटीमा रहेका सुरक्षा जवानलाई लक्षित गरी गराएको बम विस्फोटबाट एक सुरक्षाकर्मी सख्त घाइते भएको छ । तीन-चार जनाको समूहमा आएका उक्त समूहले सुतली बम फालिएपछि प्रहरी कार्यालयका लेखापाल भुवमोचन झालाई बमको र्छरा लागेको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ ।

झा खाना खाएर पान खानबाहिर निस्केको अवस्थामा बमको र्छरा लागेको थियो । दायाँ खुट्टामा बमको र्छरा लागेर घाइते लेखापाल झाको जिल्ला अस्पतालमा उपचार भइरहेको बताइएको छ ।ती समूहको खोजी भइरहेको प्रहरी उपरीक्षक घनानन्द भट्टले बताउनुभयो ।


Post your comments here
समाचार
लहान, २२ पुस/ ढाडीस्थित सुरक्षाफौजले विभिन्न जोखिम उठाएर गाईगोरु समाते पनि भन्सार कर्मचारीले कम मूल्य लिई छोडिदिने गरेको आरोप प्रहरीले लगाएको छ । ढाडीस्थित सुरक्षाफौजले...
ढाका,२२ पुस/ बङ्गलादेशका अन्तरिम सरकार प्रमुख फखरुद्दिन अहमद्ले बर्तमान सरकारले आम निर्वाचन शान्तिपुर्ण ढंगबाट सम्पन्न गरेको बताउनुभएको छ । निर्वाचनपछि नयाँ सरकारलाई सत्ता..
मनिला,२२ पुस/ फिलिपिन्सको राजधानी मनिलास्थित इजरायली राजदूतावास बाहिर प्रदर्शन गरिरहेका सयौ प्रदर्शनकारीले गाजामा भैरहेको यहुदी अतिक्रमणलाई अन्त्य गर्न माग गरेका छन् ।
२२ पुष,क्वाललालम्पुर/ आफ्नो निजी भम्रणमा मलेसिया आइपुग्नु भएका नेकपा (माओवादी) केन्द्रीय कार्यालय सचिव तथा सभासद श्रीराम ढकाल र नेपाल प्रगतिशिल श्रमिक मोर्चाका अध्यक्ष..
२२ पुस, अर्घाखाँची/ सामान्य प्रशासन मन्त्री पम्फा भुसालले राजनीतिक क्षेत्रमा भएको परिवर्तन अनुसार प्रशासनिक क्षेत्रमा परिवर्तन गर्न नसकिएको बताउनुभएको छ । नेपाल क्रान्तिकारी..
२२ पुस, काठमाण्डौ/ संबिधानसभामा प्रतिनिधित्व गर्ने साना १२ राजनीतिक दलले एक सातापछि गठन हुन लागेको स्थानीय निकायमा आफुहरुलाई पनि समेटन माग गरेका छन् ।