१६ मंसिर, इटहरी/ संघीय लिम्बूवान परिषद्का कार्यकर्ताहरुले सभाध्यक्ष सुभाषचन्द्र नेम्वाङ्गलाई डेढघण्टादेखि नियन्त्रणमा लिएर छोडेका छन् । आफूले अध्ययन गरेको इलामको आदर्श नमुना उच्च माध्यमिक विद्यालयको ६१ औ वाषिर्क उत्सवमा सहभागी हुन ३ तीन दिनअघि इलाम आउनुभएका सभाध्यक्ष नेम्वाङ्गलाई परिषद्का अध्यक्ष सञ्जुहाङ्ग पालुङ्वाको निर्देशनमा लिम्बूवानले कब्जामा लिइएको जनाइएको छ । लिम्वुवानले उठाएको माँग संविधान सभामा राख्ने नेम्वाङले प्रतिबद्धता जनाउनुभएपछि उहाँलाई मुक्त गरिएको थियो । इलामबाट राजधानी र्फकनका लागि बिर्तामोड आउदै गर्दा इलाम सदरमुकाम फिक्कलमा उहा लिम्बूवानको नियन्त्रणमा पर्नुभएको थियो ।
परिषद्ले पहिलेपनि सभाध्यक्ष नेम्वाङ्गले लिम्बूवानको हितका लागि काम नगरेको भन्दै आलोचना गर्दै आएका थिए । यसैबीच सविधान सभाका अध्यक्ष सुभाष नेम्वाङले काग्रेस वर्तमान सरकारमा सहभागी हुनुपर्ने वताउनुभएको छ । बिहान इलाममा आयोजित आदर्श नमुना उच्च माध्यमिक विद्यालयको ६१ औ वाषिर्क उत्सवमा वोल्दै उहाले यदी काग्रेस सरकारमा नआउने भएपनि सविधान सभाको वैठकमा प्रतिपक्षीको भुमिका खेल्न नहुने वताउनुभयो । दलहरुवीच सहमति वन्न सकेमा तोकिएकै समयमा सविधान निमार्ण भईछाड्ने नेम्वाङ्गले ठोकुवा गर्नुभयो । उहाले सेना समायोजनवारे यस अघि नैदलहरुवीच सहमति भईसकेकोले पुटपाथमा गएर नवोल्न दलहरुलाई आग्रह गर्नु भयो ।
यस्तै , विमानस्थल निर्माण गर्ने भनिएको इलाम नगरपालिका ५ स्थित सुकिलुम्बाका बासिन्दाले संविधान सभाध्यक्ष सुवासचन्द्र नेम्वाङ्गसाग विमानस्थल निर्माणका लागि पहल गर्न अनुरोध गरेका छन् । सुकिलुम्वामा विहान पुग्नुभएका सभाध्यक्ष नेम्वाङ्गसाग उनीहरुले विमानस्थल निर्माण गर्ने हल्ला चलेको एक दशक भइसक्दा पनि प्रक्रिया अघि नबढ्दा आफ्नो बसाइ अन्योल भएको गुनासो गरेका छन् । २०५७ सालमा गरिएको प्रारम्भिक सर्भेक्षणमा सुकिलुम्वालाई विमानस्थलका लागि उपयुक्त ठहर गरी १६ परिवारको दुई सय रोपनी जग्गा अधिकरण गर्नुपर्ने सुझाव दिएको थियो । सभाध्यक्ष नेम्वाङ्गले स्थानीयबासीलाई उचित मुआव्जा दिएर विमानस्थल निर्माण प्रक्रिया तत्काल अघि बढाउन पहल गर्ने आश्वासन दिनुभएको छ ।