लहान, १६ मङ्सिर/ आइतबार राति सिरहा जिल्लाको सिलोर्वा पछवारी गाविस- ८ मा सशस्त्र समूह र गाउँलेहरुको बीचमा भिडन्त हुँदा दुइ जनाको मृत्यु भएको छ । मधेसी मुक्ति टाइगर्सका पाँच-सात जना हतियारधारीहरुले इन्द्रदेव यादवलाई अपहरण गर्ने प्रयास गर्दा गाउँलेहरुले प्रतिकार गरेकाले ती समूहले चलाएको तीन राउन्ड गोली यादवलाई लाग्दा उनलाई उपचारका लागि लहान अस्पताल ल्याउँदा ल्याउँदै बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उता गाउँलेहरुले कुटपिट गर्दा अपहरणमा संलग्न मोहित यादवको मृत्यु भएको छ । कुटाइबाट मृत्यु भएका यादवको शव गाउँमै रहेको प्रहरीले जनाएको छ । मृतक मोहित केही महिनाअघि सिरहा कारागारबाट फरार भएका हुन् ।