१६ मङ्सिर,काठमाडौं/ प्रमुख तीन दलहरूबीच एक दुई दिनभित्रै सरकार सञ्चालनका लागि बन्ने उच्चस्तरीय राजनीतिक समितिलाई पूर्णता दिने सहमति भएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन दलको शीर्ष नेताहरुको बैठकले उक्त सहमति गरेको हो । सरकारको न्युनतम साँझा कार्यक्रममा उल्लेख भएअनुसार सरकारलाई मार्गदर्शन गर्न उक्त समिति गठन गर्न लागिएको सो बैठकमा सहभागि एमाले नेता भरतमोहन अधिकारीले बताउनु भयो । <BR><BR>समितिमा माओवादीको तर्फबाट कानूनमन्त्री देव गुरुङ, वर्षमान पुन, एमालेबाट पूर्व महासचिव माधवकुमार नेपाल, भिम रावल र मधेसी जनअधिकार फोरमबाट परराष्ट्रमन्त्री उपेन्द्र यादव र शरतसिंह भण्डारी रहनु भएको स्रोतले जनाएको छ ।

