बगदाद, २९ कात्तिक/ इराकमा दुई बेग्लाबेग्लै असैन्य गतिविधिमा दुई अमेरिकी सैनिकको मृत्यु भएको छ । अमेरिकी सेनाले एक वक्तव्य जारी गरेर बिहीबार मध्यान्ह पश्चिम इराकमा एक सैनिकको मृत्यु भएको जनाएको छ । अर्को एक सैनिकको पनि हिजै मृत्यु भएको थियो । सन् २००३ मार्चमा इराक विरुद्ध अमेरिकी सैन्य कार्वाही भएयता इराकभित्र चार हजार एक सय ९७ अमेरिकी सैनिकको मृत्यु भएको छ ।

