१४ नोभेम्बर, २००८
जापानले अन्तरराष्ट्रिय मुद्रा कोषलाई एक खर्ब अमेरिकी डलर सापटी दिने
पोखरान्युज डट कम डट एन्पी
टोकियो

टोकियो, २९ कात्तिक/ अन्तरराष्ट्रिय वित्तीय सङ्कटको मारमा परेको राष्ट्रहरुलाई सघाउन जापानले अन्तरराष्ट्रिय मुद्रा कोषलाई एक खर्ब अमेरिकी डलर सापटी दिने प्रस्ताव अघि सार्दैछ । जापानी प्रधानमन्त्री तारो आसोले आजै दिउँसो वासिङ्टनमा शुरु हुने प्रमुख औद्योगिक तथा उदीयमान राष्ट्रहरुको वित्तीय सङ्कट शिखर बैठकमा जापानको तर्फाट यो प्रस्ताव गर्न लागिएको हो । साथै उहाँले त्यस बैठकमा आइएमएमका सदस्य राष्ट्रहरुलाई विश्व आर्थिक बृद्धिलाई हाँक्ने अपेक्षा गरिएका उदीयमान राष्ट्रहरुलाई सघाउन संस्थागत रुपमा कोष उपलब्ध गराइदिन पनि आग्रह गर्नुहुनेछ ।

पूँजी बढाउने काम सम्पन्न नहुन्जेल हामी हाम्रो विदेशी मुद्रा संचितिबाट आइएमएफलाई एक खर्ब डलर सापटी दिने प्रस्ताव गर्न तयार छौं ।- जापानी प्रधानमन्त्रीको कार्यालयले एक वक्तव्य मार्फ भनेको छ । चीनपछि जापानसँग सबैभन्दा बढी झण्डै नौ खर्ब ८० अर्ब डलर विदेशी मुद्रा संचिति रहेको छ । आइएमएफले विश्वव्यापी वित्तीय सङ्कटको प्रभाव न्यून पार्न आइसल्याण्ड, हंगेरी, यूक्रेन जस्ता राष्ट्रहरुलाई ठूलो क्रृण सहयोग प्रदान गर्न तयारी गरिरहेको छ ।


Post your comments here
समाचार
२२ पुष,क्वाललालम्पुर/ आफ्नो निजी भम्रणमा मलेसिया आइपुग्नु भएका नेकपा (माओवादी) केन्द्रीय कार्यालय सचिव तथा सभासद श्रीराम ढकाल र नेपाल प्रगतिशिल श्रमिक मोर्चाका अध्यक्ष..
२२ पुस, अर्घाखाँची/ सामान्य प्रशासन मन्त्री पम्फा भुसालले राजनीतिक क्षेत्रमा भएको परिवर्तन अनुसार प्रशासनिक क्षेत्रमा परिवर्तन गर्न नसकिएको बताउनुभएको छ । नेपाल क्रान्तिकारी..
२२ पुस, काठमाण्डौ/ संबिधानसभामा प्रतिनिधित्व गर्ने साना १२ राजनीतिक दलले एक सातापछि गठन हुन लागेको स्थानीय निकायमा आफुहरुलाई पनि समेटन माग गरेका छन् ।
२२ पुष, वीरगंज/ बारा जिल्लाको पथलैया स्थित मध्यमाञ्चल ट्राफिक कार्यालय पछाडी रहेको जंगलमा अज्ञात समुहले आज विहान एक युवकको हत्या गरेको छ । हत्या हुनेमा पर्सा जिल्लाको..
२२ पुष, काठमाडौं/ ओखरपौवास्थित सिसडोल ल्यान्डफिल साइटनजिक रहेको कोल्पु खोलाको ढुंगाको कर उठाउने विषयमा विवादपछि झडप हुँदा वाईसीएल र युथफोर्सका एक दर्जन कार्यकर्ता सख्त..
काठमाडौ, २२ पुस/ नेपाल एमेच्योर एथलेटिक्स संघको आसन्न चुनाब प्रक्रियागत र निष्पक्ष हुनेमा सम्बन्धितहरुले शंका ब्यक्त गरेका छन्। पुरानै स्थिति दोहोरिएमा एथलेटिक्स खेलले बिकासभन्दा..