१७ नोभेम्बर, २००८
इन्डोनेसियामा ७.५ रेक्टर स्केलको शक्तिशाली भूकम्प,दुइ व्यक्तिको मृत्यु
पोखरान्युज डट कम डट एन्पी
जकार्ता

जकार्ता, २ मङ्सिर/ सोमबार बिहान पूर्वी इन्डोनेसियामा ७.५ रेक्टर स्केलको शक्तिशाली भूकम्प जाँदा कम्तीमा दुइ व्यक्तिको मृत्यु भएको समाचार छ । मध्यरात सुलावेसी टापूको तटीय इलाकामा गएको यो भूकम्पले सयौं घरहरुलाई क्षति पारेको छ । यूएसजियोलजिकल र्सर्भेले गोरानटालो शहरबाट १३५ किलोमिटर टाढाको समुद्री पिँध भूकम्पको केन्द्र रहेको जनाएको छ । यो भूकम्पपछि ५.५ र ५.१ रेक्टर स्केलको अरु दुइ भूकम्पका धक्काहरु गएका थिए । अन्तारा समाचार समितिका अनुसार पाराडिसो होटलमा बसेका केही पाहुना भयभीत भएर यति चिच्याएकी उनीहरु बेहोश नै भए ।


Post your comments here
समाचार
काठमाडौं, २२ पुस/ प्याराग्लाइडिङ उद्‍घाटन गर्न ललितपुरको कोटडाँडा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल सहितका वरिष्ठ व्यक्तिहरू आकाशमा नउडी फर्केका छन्। प्याराग्लाइडिङ उद्‍घाटन पश्चात...
काठमाडौं, २२ पुस/ सत्तारूढ तेस्रो ठूलो दलका ३८ सभासदले आफ्ना पार्टीका सबै मन्त्रीलाई सरकारबाट फिर्ता गर्न माग गर्दै प्रधानमन्त्री कार्यालयमा मंगलबार अपराह्न ज्ञापनपत्र बुझाएका छन् ।
२२ पुष,काठमाडौं/ लोडसेडिङ्गका कारण केन्द्रीय सदस्यहरुले राजनीतिक प्रतिवेदन पढ्न नसकेको भन्दै समय थप गर्न माग गरेपछि सत्तारुढ नेकपा एमाले केन्द्रीय कमिटिको बैठक मंगलबार....
पोखरा, २२ पुस/सरकारले भौतिक पुर्वाधार निर्माणमा लागनी कम गरेपछि सडक विभाग अर्न्तगतको यान्त्रिक कार्यालयका उपकरणहरु प्रयोगविहीन बनेका छन् । पाँचवर्षयता सरकारले पुर्वाधारमा....
कञ्चनपुर,२२ पुस/ भारतबाट दैनिक ब्रोइलर कुखुरा र कालो हाँस भित्रिन थालेपछि दोधारा-चाँदनीका बासिन्दा त्रसित भएका छन्। भारतका विभिन्न भेगमा बर्डफ्लु देखा परेपछि नेपालमा प्रतिबन्धित...
November's attack on Mumbai must have had support from some official agencies in Pakistan, Indian Prime Minister Manmohan Singh has said.