वेलिङटन, २ मङ्सिर/ न्यूजिल्याण्डका नवनिर्वाचित प्रधानमन्त्री जोन किले आर्थिक बृद्धिलाई उकास्ने र आर्थिक मन्दीसँग जुझ्ने संकल्पसहित सोमबार नयाँ मन्त्रिमण्डल गठन गर्नुभएको छ । नोभेम्बर ८ को आम निर्वाचनमा विजयी भए यता पूव अरबपति बैंकर जोन नयाँ सरकार गठनका लागि व्यग्र हुनुहुन्थ्यो । उहाँको विजयले हेलेन क्लार्कको लेबोर दलको नौ वर्षलामो शासन अन्त्य भएको छ । विश्वव्यापी वित्तीय संकटले ल्याएको मन्दी रोक्ने तत्काल कदमहरु चाल्न र यसै हप्ताको अन्त्यतिर हुने एशिया-प्रशान्त नेताहरको शिखर बैठकमा भाग लिन जोनले चाहिरहनु भएको छ । मन्त्रिमण्डलको घोषणा गर्दै जोनले भन्नुभयो - देशको अप्ठेरो स्थितिमा सरकारले कार्यभार सम्हालेको छ । अर्थिक बृद्धि कमजोर छ । अन्रराष्ट्रिय र घरेलु कठिनाई प्रशस्त छन् ।
मन्त्रिमण्डलमा वित्त मन्त्री एवं उपप्रधानमन्त्रीको कार्यभार दोस्रा नम्बरका नेता बिल इंगलिसलाई दिइएको छ । नयाँ मन्त्रिमण्डलले बुधबार शपथ ग्रहण लिनेछ र त्यस लगत्तै जोन एशिया प्रशान्त आर्थिक सहयोग शिखर बैठकमा भाग लिन पेरु प्रस्थान गर्नु हुनेछ । नयाँ सकारमा जम्माजम्मी २८ मन्त्रीहरु रहने छन् । साझेदार साना तीन दलबाट पाँच मन्त्री बनाईनेछ । चुनावी सभाहरुमा जोनले आफ्नो सरकारले कर कटौती गर्ने, जागीर गुमाएकाहरुलाई सहयोग दिने र पूवाधारमा लगानी बढाउने वाचा गर्नुभएको थियो ।