१९ नोभेम्बर, २००८
सिडनीमा भएको कविता प्रतियोगितामा कवि कुमार गिरी प्रथम
पोखरान्युज डट कम डट एन्पी
सिडनी

४ मङ्सिर,सिडनी/ जनसम्पर्क समिति, अष्ट्रेलियाले वि.पी जयन्तीको अवसर पारेर आयोजना गरेका कविता प्रतियोगितामा कवि कुमार गिरी, भरतराज पौडेल र सन्तोष शर्मा क्रमस प्रथम, दोस्रो र तेस्रो भएका छन् । कविताकों शिर्षक नयाँ नेपाले आयोजकबाट नै प्रदान गरिएको थियो । पुरष्कृत जकविहरुलाइ नजन सम्पर्क समितिको को अधिवेशनको लागि नेपालबाट आउनु भएका प्रमुख अतिथि नेपाली कांग्रेसका महा मन्त्री कुल बहादुर गुरुङले पुरष्कार र प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।
 


Post your comments here
समाचार
इनरुवा, २२ पुस । सप्तकोसी नदीले क्षति पुर्‍याएको भारतको कटैयादेखि सुनसरी जिल्लाको पश्चिम कुसाहाको सबस्टेसन प्रसारण लाइनको १३२ किलोभोल्ट विद्युत् प्रसारणअर्न्तर्गतको टावरको पुनःनिर्माण कार्य थालिएको छ ।
सोफिया, बुल्गेरिया, २२ पुस । बुल्गेरिया, ग्रीस, मेसेडोनिया र र्टर्कीमा हुँदै आएको रुसी ग्यास आपूर्ति गए रातिबाट बन्द गरिएको बुल्गेरियाली वित्त तथा उर्जा मन्त्रालयले जनाएको छ ।
घोराही (दाङ), २२ पुस । सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराले एक हप्ताभित्र श्रमजीवी पत्रकार नियमावली लागु गरिने जानकारी दिनुभएको छ ।
परासी, २२ पुस । नवलपरासी जिल्लाको जुमनिया गाविस, वडा नं. ८ बाट दाउन्नेदेवी गाविस, वडा नं. ९ का खलीलउल्ला अन्सारी भनिने व्यापारी नाटे मिलालाई अपहरण गरी लैजाने क्रममा प्रहरीले दुइ  थान कटुवा पेस्तोलसहित सातजनालाई आज पक्राउ गरेको छ ।
कोलम्बो, २२ पुस । श्रीलङ्कामा नीजि क्षेत्रद्वारा सञ्चालित एक टेलिभिजन स्टेशनमा सशस्त्र व्याक्तिहरुको एक समूहले आक्रमण गर्दा ठूलो क्षति भएको प्रहरीले जनाएको छ ।
मनिला, २२ पुस । फिलिपिन्सको राजधानी मनिलास्थित इजरायली राजदूतावास बाहिर प्रदर्शन गरिरहेका सयौं प्रदर्शनकारीले गाजामा भइरहेको यहुदी अतिक्रमणलाई अन्त्य गर्न माग गरेका छन् ।