१९ नोभेम्बर, २००८
अमेरिकामा एक नेपाली युवातीको मृत्यु
पोखरान्युज डट कम डट एन्पी
अमेरिका

४ मङ्सिर,अमेरिका/ अमेरिकामा फेरी अर्की नेपाली युबतीको दुर्घटनामा मृत्यु भएको छ । अमेरिकाको भर्जिनिया इन्टरन्याशनल युनिभर्सिटी भर्जिनिया राज्यमा अध्ययनरत काठमाडौं हाँडिगाउँकी कृतिका सिंहको सोमबार राति मोटर दुर्घटनामा परी मृत्यु भएको हो । भर्जिनियाको भियना नजिकै राती कामबाट कोठामा फर्किरहेका बेला उक्त दूर्घटना भएको थियो । सिंहको साथमा रहेका अर्का एक नेपाली भने सकुशल रहेका थिए । करिव दुइ वर्षअघि अध्ययनका क्रममा अमेरिका आइपुगेकी कृतिका सिंहका पिता केशबबहादुर सिंहले आफ्नी छोरीको शब काठमाडौं पठाउन अनुरोध गर्नुभएको छ । मृतकको शब काठमाडौं पठाउनका लागि स्थानीय संघसंस्था तथा सर्वसाधरण सम्पूर्ण नेपालीहरुलाई सहयोग गर्न पिता केशबबहादुर सिंहले आग्रह गर्नुभएको छ ।




 


Post your comments here
समाचार
पोखरा, २२ पुस/सरकारले भौतिक पुर्वाधार निर्माणमा लागनी कम गरेपछि सडक विभाग अर्न्तगतको यान्त्रिक कार्यालयका उपकरणहरु प्रयोगविहीन बनेका छन् । पाँचवर्षयता सरकारले पुर्वाधारमा....
कञ्चनपुर,२२ पुस/ भारतबाट दैनिक ब्रोइलर कुखुरा र कालो हाँस भित्रिन थालेपछि दोधारा-चाँदनीका बासिन्दा त्रसित भएका छन्। भारतका विभिन्न भेगमा बर्डफ्लु देखा परेपछि नेपालमा प्रतिबन्धित...
November's attack on Mumbai must have had support from some official agencies in Pakistan, Indian Prime Minister Manmohan Singh has said.
२२ पुस,काठमाडौं/ नेपालमा एचआइभी एड्ससम्बन्धी दक्षिण एसियाली सद्भावना राजदूत भारतीय अभिनेत्री शबाना आजमी र स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलबीच मंगलबार बिहान स्वास्थ्य..
काठमाडौं, २२ पुस/ निर्वाचन आयोगले संविधानसभाका रिक्त ६ स्थानमा उपनिर्वाचनको मिति तोक्न सरकारलाई आग्रह गरेको छ। आयोगका पदाधिकारीले मंगलबार उप प्रधान तथा गृहमन्त्री वामदेव...
सप्तरी, २२ पुस/ मिलको फित्तामा बेरिएर आज बिहान सप्तरीको नक्तिराइपुर गाविसमा एक बालिकाको मृत्युभएको छ । मृत्यु हुनेमा राइपुर-८ निवासी चन्दर चौधरीकी १० बर्षिय छोरी लक्ष्मी रहेको...