ढाका, ४ मङ्सिर/ मुलुकका मुख्य राजनीति दलहरू आम निर्वाचनमा सहभागी बनून .भन्ने सुनिश्चित गर्न बंगलादेशमा आम निर्वाचन १० दिन पर सारिन सक्ने एक निजी समाचार साइट बिडी न्यूज २४ डटकमले जनाएको छ । पुर्व निर्धारित डिसेम्बर १८ को तिथिबाट आम निर्वाचन हुने दिन डिसेम्बर २८ मा सारिन सक्ने अपेक्षा गरिएको छ ।
अवामी लिग पार्टीका सहयोगी रशिद खान मेनोनलाई उद्धृत गर्दै सरकारले आम निर्वाचन डिसेम्बर २८ मा गर्ने प्रस्ताव अघि सारेको उक्त समाचार साइटले जनाएको छ । बंगलादेशको सेना समर्थित वर्तमान सरकारले बंगलादेश नेशनल पार्टीका नेत्री खालेदा जियसँग मङ्गलबार बेलुकी अवेर आपत्कालिन बैठक गरेको थियो । जियाले चार पार्टीसम्मिलित इस्लामिक गठबन्धनको नेतृत्व गर्दै आउनु भएको छ ।
