हिरोशिमा, ५ मङ्सिर/ माज्दा मोटर कर्पले यो वर्षयामागुची प्रान्तको होफु प्लान्टमा कार्यरत ८०० अस्थायी कामदारहरूमध्ये ५०० लाई अवकाश दिने भएको छ । डिसेम्बरको प्रारम्भमा हिरोशिमाको उजिनामा प्लान्टमा कार्यरत एक हजार अस्थायी कामदारहरूको संख्या घटाएर ८०० मा झार्ने योजना बाहिर ल्याइएको थियो । यसरी दुइ मुख्य प्लान्टहरूबाट कुल अस्थायी कर्मचारीहरूमध्ये ७० प्रतिशत कटौती हुनेछन् । होफुस्थित कारखानाले देशभित्रका लागि र उत्तर अमेरिका तथा यूरोपमा निर्यात गर्न एक्सेला र एस्टेन्जा कारको उत्पादन गर्ने गर्दछ ।

