२९ नोभेम्बर, २००८
अफगानिस्तानमा तालिवान कमाण्डर मारिए
पोखरान्युज डट कम डट एन्पी
पोखरा

काबुल, १४ मङ्सिर । दक्षिणी अफगानितानमा अमेरिकी नेतृत्वको गठबन्धन सेनाले महिलाको भेषमा आएका एक वरिष्ठ तालिवान कमाण्डरलाई गोली हानी मारेको अधिकारीहरूले आज जनाएका छन् ।

शुक्रबार गरिएको सैन्य कारवाहीमा अमेरिकी सेनाले चार तालिवान लडाकू मारेको अमेरिकी सेनाद्वारा प्रकाशित एक विज्ञप्तिमा जनाइएको छ । मृतक ती कमाण्डर हाजि याकुव भएको अमेरिकी सेनाले पुष्टि गरेको छ ।

घाज्नी प्र्रान्तमा गठबन्धन सेना र अफगान सरकारविरुद्ध आत्मघाती बम आक्रमण तथा सडक छेऊमा बम विच्छयाउन लडाकूहरूलाई निर्देशन दिने काम मृतक याकुबले गर्दै आएको सो विज्ञप्तिमा जनाइएको छ ।

यसैबीच अफगानसहित गठबन्धन सेनाले दक्षिणी हेल्मण्ड प्रान्तमा गस्तिमा रहेका सुरक्षाकर्मीमाथि आक्रमण गर्न खोज्ने ३३ व्रि्रोही लडाकूलाई मारेको एक सैन्य अधिकारीले बताए ।


Post your comments here
समाचार
काठमाडौँ, २२ पुस । नेपालमा सन् २०११ सम्ममा १० लाख विदेशी पर्यटक भित्रयाउने लक्ष्य साकार पार्न बन्द, चक्काजाम, हडतालजस्ता गतिविधि अन्त्य गरी दिगो शान्तिसुरक्षा कायम गर्नुपर्नेमा जोड दिइएको छ ।
काठमाडौँ, २२ पुस । अर्थमन्त्री डा. बाबुराम भट्टर्राईले सरकारले बजारमा भइरहेको अनियन्त्रित मूल्यवृद्धि रोक्न कडा कदम चाल्ने सङ्केत गर्नुभएको छ । नेपाल राष्ट्र बैङ्कको आज निरीक्षण भ्रमणका क्रममा बैङ्क अधिकारीलाई निर्देशन दिँदै अर्थमन्त्री भट्टर्राईले यस्तो सङ्केत गर्नुभएको हो ।
भैरहवा, २२ पुस । नेकपा(माओवादी) का नेता मातृका यादवले मधेसप्रति माओवादी पार्टीनै स्पष्ट नभएको आरोप लगाउनुभएको छ । क्रान्तिकारी पत्रकार सङ्घद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेता यादवले माओवादीको भनाइ र गराइ फरक रहेको बताउनुभयो ।
नयाँदिल्ली, २२ पुस । प्रधानमन्त्री मनमोहन सिंहले औद्योगिक नगर मुर्म्बईमा गत नोभेम्बरमा भएको आतङ्कवादी हमलामा पाकिस्तानको सरकारी निकायले सहयोग गरेको दाबी गरेका छन् ।
काठमाडौं, पुस २२ / राष्ट्र बैंक गभर्नर नियुक्त गर्न अर्थमन्त्रीको संयोजकत्वमा गठित समितिले तीन जनाको नाम सिफारिस गर्ने निर्णय गरेको छ।  समितिको मंगलबारको बैठकले दीपेन्द्रबहादुर क्षेत्री, श्रीराम पौड्याल र वीरविक्रम रायमाझीको नाम  सिफारिस निर्णय गरेको स्रोतले जानकारी दिएको छ। 
काठमाडौं, पुस २२ /  तत्कालीन राजा ज्ञानेन्द्रको नारायणहिटीस्थित सचिवालयलाई छिट्टै परराष्ट्रमन्त्रीको कार्यकक्षमा रूपान्तरण गरिने भएको छ।