२६ नोभेम्बर, २००८
संविधान निर्माण विना समुन्नत नेपाल निर्माण हुदैन- सभामुख नेम्वाङ
धन बस्नेत / पोखरान्युज डट कम डट एन्पी
पोखरा



पोखरा ११ मंसिर/सभामुख सुवासचन्द्र नेम्वाङले लोकतान्त्रिक संविधान निर्माण गर्न नसकिए शान्ति प्रक्रियासँगै समुन्नत नेपालको निर्माण नहुने दावी गर्नुभएको छ । उहाँले लोकतन्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै शान्ति प्रक्रियालाई निष्कर्षा पुर्‍याउँदै समुन्नत नेपालको निर्माण गर्न नयाँ संविधान निर्माण अपरिहार्य भएको बताउनुभयो । जनआन्दोलनको मर्म र समुन्नत नेपाल निर्माण गर्न लोकतान्त्रिक संविधान निर्माण गरिनुपर्छ । बुधबारदेखि पोखरामा आयोजित कास्की जिल्ला नीजि तथा आवासिय विद्यालयको खेलकुद कार्यक्रम प्याब्सन स्पोर्टस मिटको उदघाटन गर्दै भन्नुभयो-संविधान निर्माणमा सबै एकजुट हुनुपर्छ । उहाँले सबै जातजाति भाषा सस्कृतिको प्रत्यक्ष सहभागितामा नयाँ संविधान निर्माण गर्नुपर्ने खाँचो औंल्याउँदै यतिबेला सिगों मुलुक यतिबेला एकढिक्का हुनुपर्ने खाँचो औल्याउनुभयो ।

नयाँ संविधान निर्माण विना मुलुकमा दिगो शान्ति र समुन्नत नेपालको भविष्य कोर्न सकिदैन् । उहाँले भन्नुभयो । लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान सबल बनाउन पनि सबै एकजुट हुनुपर्ने अवस्था आएको छ । उहाँको भनाई थियो । प्याब्सन स्पोर्टस मिटको उदघाटन समारोहमा सरिक हुनुभएका सभामुख नेम्वाङले खेलकुद प्रसंग उठाउँदै पोखरा रंगशालाको विकासको लागि सरकारको ध्यानाकर्षा गराउनुभयो । स्पोर्टस मिटले मुलुकको खेलकुद विकास गर्न महत्वपुर्ण योगदान दिने छ । उहाँले भन्नुभयो-खेलकुदको विकासबाटै नयाँ नेपालको परिकल्पना सकन्छ । सोही अवसरमा कास्कीका सभासद रविन्द्र अधिकारीले नयाँ नेपालको परिकल्पनासँगै संविधान कोर्न दौरानमा उभिएको अबस्थामा राजनीतिक दलहरुले विभिन्न बाहनामा किचलो निकाल्न नहुने अभिव्यक्ति दिनुभयो । संधिवान निर्माण नै मुलुकको पहिलो कार्य हो । उहाँले भन्नुभयो-त्यसको लागि सबै राजनीतिक दलहरु आरोप प्रत्यारो छोडेर सहमतिमा आउनुपर्छ ।


Post your comments here
समाचार
काठमाडौ,२२ पुस । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन -र्सार्कका एचआइभी/एड्स तथा क्षयरोगका लागि सद्भावना राजदूत शवाना आज्मीले एचआइभी/एड्स तथा क्षयरोग नियन्त्रणका ...
२२ पुस, काठमाण्डौ/ मधेसी जनअधिकार फोरमभित्र विबाद चर्किएपछि असन्तुष्ट समुहले सरकारमा सहभागी आफ्ना मन्त्रीहरुलाइ हटाउन प्रधानमन्त्री प्रचण्डसंग आग्रह गरेको छ । असन्तुष्ट समुहले...
काठमाडौं, २२ पुस/ प्याराग्लाइडिङ उद्‍घाटन गर्न ललितपुरको कोटडाँडा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल सहितका वरिष्ठ व्यक्तिहरू आकाशमा नउडी फर्केका छन्। प्याराग्लाइडिङ उद्‍घाटन पश्चात...
काठमाडौं, २२ पुस/ सत्तारूढ तेस्रो ठूलो दलका ३८ सभासदले आफ्ना पार्टीका सबै मन्त्रीलाई सरकारबाट फिर्ता गर्न माग गर्दै प्रधानमन्त्री कार्यालयमा मंगलबार अपराह्न ज्ञापनपत्र बुझाएका छन् ।
२२ पुष,काठमाडौं/ लोडसेडिङ्गका कारण केन्द्रीय सदस्यहरुले राजनीतिक प्रतिवेदन पढ्न नसकेको भन्दै समय थप गर्न माग गरेपछि सत्तारुढ नेकपा एमाले केन्द्रीय कमिटिको बैठक मंगलबार....
पोखरा, २२ पुस/सरकारले भौतिक पुर्वाधार निर्माणमा लागनी कम गरेपछि सडक विभाग अर्न्तगतको यान्त्रिक कार्यालयका उपकरणहरु प्रयोगविहीन बनेका छन् । पाँचवर्षयता सरकारले पुर्वाधारमा....