२७ नोभेम्बर, २००८
सेतीको खोंचले पोखरा रंगशाला असुरक्षित
धन बस्नेत/ पोखरान्युज डट कम डट एन्पी
पोखरा

पोखरा, १२ मंसिर/खेलाडी, खेलप्रेमी र आमर्सवसाधारणको लागि पोखरा रंगशाला असुरिक्षत बनेको छ ।सेती नदीको खोंचको कारण पोखरा रंगशाला असुरक्षित बनेको हो । रंगशाला हाताभित्र विभिन्न ठाँउमा साना र ठुला खोंचहरु छन् । एघारौं प्याब्सन स्पोर्टसमिटको अवसरमा पोखरा रंगशाला पुगेका माउण्ट अन्नपुर्ण उच्च्माविमा सात कक्षामा अध्ययनरत १३ वषिर्य सुविन तामाङ रंगशालाहाताभित्र सेती नदींको खोचमा खसेपछि खेलाडी तथा र्सवसाधारणको लागि असुरक्षित बनेको हो । सुविन शौच गर्ने क्रममा सेतीनदीको खोंचमा खसेका थिए । उनलाई दुईघण्टापछि उद्दार गरिएको थियो ।

प्याब्सन स्पोर्टस मिटको उदघाटन गर्न आउनुभएका सभामुख नेम्वाङले घटनाले आफु स्तब्ध भएको बताउँदै सम्बन्धीत निकायलाई आवश्यक तारजाली लगाउन आग्रह गर्नुभएको थियो । सेती नदीको खतरायुक्त क्षेत्रमा तारजाली लगाउनुपर्छ । उहाँले भन्नुभयो-यसकामको लागि प्रशासनको ध्यानाकर्षा गराउन चाहन्छु । खेलाडी, र्सवसाधारण खोंचमा पस्ने क्रम बढेकोले भासिएको ठाँउमा सुरक्षा अपनाउन उहाँले आवश्यक उपाय अबलम्बन गर्न सरकारको समेत ध्यानाकर्षा गराउने प्रतिबद्धता जाहेर गर्नुभएको थियो । झण्डै दुईदशक अघि पृथ्वीराजमार्ग अर्न्तर्गतको सेतीनदीको पुल भत्केपछि पुल आसपासका क्षेत्रमा नदीको पानीले भित्रीभाग खोलेपछि नदीकिनारमा खोंच बनेको थियो ।

पोखरा रंगशालाको जिल्ला तथा क्षेत्रीय खेलकुद विकास समितिबाट करीव एकसय मिटर पश्चिमतर्फसाना ठुला खोंचहरु छन् । जमिन भासिदाँ रंगशालाभित्रको मन्दिरसमेत जोखिममा परेको छ । त्यसो त रंगशालाभित्रै ड्राइभिङ इन्स्टिच्युटलाई जग्गा भाडामा उपलब्ध गराउँदा सिकारु चालकले खेलाडीलाई ठक्कर दिएर घाइते बनाउने होकि भन्ने त्रासपनि कायमै छ । ड्राइभिङ इन्स्टिच्युट जिल्ला खेलकुद विकास समितिको आन्तरिक आयस्रोतको रुपमा रहेको छ । जिल्ला खेलकुद विकास समितिले वाषिर्क लाहुरे टे्रनिङ गर्ने युवाहरुसित ६ लाख रुपियाँ संकलन गर्दै आएको छ तर रंगशालाको पश्चिमतर्फसेतीको किनारमा तारजाली लगाउनेप्रति भने चासो देखाएको छैन् ।

गत असारयता सेतीको खोंचमा तीनजना खसिसकेका छन् । हल्याण्डका नागरिक पिटर रचको असोजमा खसेर मृत्युभएको थियो भने असारमा अर्ढाई वषिर्या आराधना प्रधानको भने सकुशल उद्दार गरिएको थियो । पोखरा रंगशालाभित्र इमर्जेन्सी क्षेत्रमा तत्काल छेकबार लगाउने काम शुरु गर्र्छौं । कास्कीका प्रमुख जिल्ला अधिकारी माधव ओझाले भन्नुभयो-५/७ दिनभित्रमा इमर्जेन्सी क्षेत्र हेरेर तारजाली लगाउँछौं । प्रमुख जिल्ला अधिकारी ओझाले जिल्ला विकास समित, नगरपालिका र सुरक्षानिकाय पदाधिकारीसहितको बैठक बसेर कार्य थालिने छ । उहाँले केन्द्रबाट रकम आए अझछिटो काम शुरु गर्ने जानकारी दिनुभयो । प्रशासनले पहिलो प्राथमिकतामा राखेको छ । उहाँले भन्नुभयो-आवश्यक अध्ययन गरी योजना तर्जुमा गछौ । पोखरा रंगशाला क्षेत्रभित्र नदी किनारमा झण्डै पाँचसय मिटर तारजाली लगाउनेपर्ने आवश्यक छ । जोखिम क्षेत्रमा तारजाली लगाउन १५/२० लाख भन्दा बढी लाग्ने अनुमान गरिएको छ ।


Post your comments here
समाचार
काठमाडौं, २२ पुस/ पुजारी नियुक्तिको विषयमा स्थानीय बासिन्दा र भण्डारीहरूले पशुपति क्षेत्रमा मंगलबार बिहानैदेखि विरोध प्रदर्शन सुरू गरेका छन्। विरोध प्रदर्शनका कारणा गौशाला क्षेत्रमा...
२२ पुस, काठमाण्डौ/ तीन सातादेखि अबरुद्ध ब्यवस्थापिका संसदको बैठक सुचारु गर्न मुख्य आठ दल सहमत भएका छन् । बिहान नौबजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा वसेको वैठकमा सत्तारुढ...
इनरुवा, २२ पुस/ जुट मजदुरको आन्दोलनका कारण आज तेस्रो दिन पनि कोसी राजमार्गको मोरङ-सुनसरीखण्ड अवरुद्ध भएको छ । न्युनतम रु.१९० ज्याला पाउनुपर्ने माग राख्दै तीन दिनदेखि...
बाबियाचौर -म्याग्दी, २२ पुस/ म्याग्दी जिल्लाको सिङ्गा गाविसमा पर्ने सुर्केमेला र वास्कुनाका बासिन्दाको लागि फलफूल र बेमौसमी तरकारीखेती मुख्य आयस्रोत बनेको छ । त्यस क्षेत्रमा..
मङ्गलबारे -इलाम, २२ पुस/ लोडसेडिङले देश नै डुब्न लागिरहेको बेला इलामको पश्चिमी एक विकट गाविसका स्थानीयवासी रातभर उज्यालोमा नै बिताउँछन् । स्थानीय प्रयासमा इभाङ्ग गाविसका...
तनहुँ, २२ पुस/ जिल्ला कारागार तनहुँका कैदीहरूले बनाएको मुढाबाट राम्रो बजार पाउन थालेपछि उनीहरू उत्साहित भएका छन् । पचास जनाले दैनिक ४०/४५ वटा मुढा बनाउँदा पनि मागअनुरूपको..