१२ मङ्सिर,पोखरा/ भारतको मुम्बईमा भएको आतंकारी हमलामा ८० जनाको मुत्यु भएको छ भने करिब ३०० जनाको घाईते भएका छन । यो समाचार तयार पार्दा सम्म ताज होटलमा स्वदेशी र बिदेशी सहित ३०-५० जनालाई आतंककारीहरुले बन्दी बनाएका छन । हमलामा दुई उच्च सरकारी अधिकारीको समेत ज्यान गएको छ । हमलाकारीले सात स्थानमा अर्कमण गरेका थिए । हाल सम्म डेकन मुजहद्दीन नामक एक स्थानिय आतंककारी समुहले घट्नाको जिम्मेबार लिएको टाइम्स अफ इन्डियाले जनाएको छ ।