२७ नोभेम्बर, २००८
मजदुर र व्यवसायी दुवै पक्षलाई राखेर हल निकाल्छौ-मन्त्री महरा
धन बस्नेत/ पोखरान्युज डट कम डट एन्पी
पोखरा

पोखरा, १२ मंसिर/सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराले माओवादी निकट मजदुरहरुले विभिन्न क्षेत्रमा माग राख्दै आन्दोलनमा उत्रिएपछि उत्पन्न समस्याको सरकारले व्यवसायी र मजदुरलाई राखेर हल निकाल्ने बताउनुभएको छ । माओवादी निकट मजदुरले स्थायी गर्नुपर्ने माग राख्दै १८ दिनदेखि केवुलकार बन्द गरेका छन् भने नगरकोटको होटलहरु बन्द भएका छन् । सबै प्रकारका मजदुर संगठनले उठाएका आवाजलाई मजदुर र व्यवसायी दुवै पक्षलाई राखेर सरकारले निष्कर्षनिकाल्ने छ । पोखरा उद्योग वाणिज्य संघद्वारा आयोजित राष्ट्रिय औद्योगिक व्यापार मेलाको बिहीबार उदघाटन गर्दै भन्नुभयो-दुवै पक्षलाई हल निकाल्नु बाहेक अर्को विकल्प छैन् । मन्त्री महराले नीजि उद्योग व्यवसाय आर्थिक मेरुदण्डका संवाहक रहेको बताउँदै नीजि क्षेत्रलाई शान्ति सुरक्षाको प्रत्याभूति दिन सरकार दृढ रहेको जानकारी दिनुभयो ।

उदघाटन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले सरकारले लिएको आर्थिक क्रान्तिको लक्ष्यलाई साकार रुप दिन नीजि क्षेत्र रहेको बताउँदै स्रोत साधन र पुँजी भएपनि आवश्यक बातावरण नभएको स्पष्ट पार्नुभयो । आर्थिक क्रान्तिको लागि नीजि क्षेत्रसित स्रोत साधन र पुँजी छ । उहाँले भन्नुभयो-तर बातावरण छैन् । अध्यक्ष जोशीले तर्राई क्षेत्रमा चन्दा आतंक, धरपकड भइरहेको जनाउँदै सरकारले कानूनी कार्वाहीको लागि अगुवाई र सुनुवाईप्रति चासो नदिएको आरोप लगाउनुभयो । माओवादीको नेतृत्वमा बनेको सरकारले आफनै भातृ संगठनले विभिन्न माग राख्दै नीजि क्षेत्रमाथि हस्तक्षेप गर्ने प्रवृति बढेको बताउँदै उहाँले नीजि क्षेत्रमाथिको अराजकता हटाउन सरकारको उपस्थिति हुनुपर्नेमा जोडदिनुभयो । घटनालाई राजनीतिकरण गरिनुहुदैन् । उहाँले भन्नुभयो-राजनीतिकरण भएको अवस्थामा कुनैपनि निकायले निकास दिन सक्दैन् । उहाँले नीजि क्षेत्रको पहिलो धरातल नै शान्ति भएको उल्लेख गर्दै शान्ति सुरक्षाको अभावमा कुनैपनि कुराहरु पुरा हुन नसक्ने दावी समेत गर्नुभयो ।

माओवादीको नेतृत्वमा सरकार बनेपछि शान्ति सुरक्षाको प्रत्याभूति हुने आशामा रहेको नीजि क्षेत्रले सरकारको व्यवहारिक रिजल्ट आउनुपर्ने बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासंघका मनोनित केन्द्रीय सदस्य आजाद श्रेष्ठले विभिन्न क्षेत्रमा हुने बन्द र चक्काजामले नीजि क्षेत्र आक्रान्त बनेको बताउनुभयो । उहाँले व्यवसायिक बातावरणको बन्न नसकेको जिकिर गर्दै व्यवसायिक बातावरणको लागि राजनीतिक दलहरुले पहलकदमी गर्नुपर्ने खाँचो समेत औंल्याउनुभयो । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा शुरुभएको व्यापार मेलामा नाफाबाट २ लाख रुपियाँ बारुणयन्त्र खरीद गर्न आर्थिक सहयोग गर्ने संघले जनाएको छ भने प्रतिटिकट १ रुपियाँ बालश्रम न्यूनिकरण कार्यक्रमको लागि हस्तान्तरण गरिने पोउवासंघका अध्यक्ष मानकाजी माकाजूले जानकारी दिनुभयो ।


Post your comments here
समाचार
काठमाडौँ, २२ पुस । नेपालमा सन् २०११ सम्ममा १० लाख विदेशी पर्यटक भित्रयाउने लक्ष्य साकार पार्न बन्द, चक्काजाम, हडतालजस्ता गतिविधि अन्त्य गरी दिगो शान्तिसुरक्षा कायम गर्नुपर्नेमा जोड दिइएको छ ।
काठमाडौँ, २२ पुस । अर्थमन्त्री डा. बाबुराम भट्टर्राईले सरकारले बजारमा भइरहेको अनियन्त्रित मूल्यवृद्धि रोक्न कडा कदम चाल्ने सङ्केत गर्नुभएको छ । नेपाल राष्ट्र बैङ्कको आज निरीक्षण भ्रमणका क्रममा बैङ्क अधिकारीलाई निर्देशन दिँदै अर्थमन्त्री भट्टर्राईले यस्तो सङ्केत गर्नुभएको हो ।
भैरहवा, २२ पुस । नेकपा(माओवादी) का नेता मातृका यादवले मधेसप्रति माओवादी पार्टीनै स्पष्ट नभएको आरोप लगाउनुभएको छ । क्रान्तिकारी पत्रकार सङ्घद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेता यादवले माओवादीको भनाइ र गराइ फरक रहेको बताउनुभयो ।
नयाँदिल्ली, २२ पुस । प्रधानमन्त्री मनमोहन सिंहले औद्योगिक नगर मुर्म्बईमा गत नोभेम्बरमा भएको आतङ्कवादी हमलामा पाकिस्तानको सरकारी निकायले सहयोग गरेको दाबी गरेका छन् ।
काठमाडौं, पुस २२ / राष्ट्र बैंक गभर्नर नियुक्त गर्न अर्थमन्त्रीको संयोजकत्वमा गठित समितिले तीन जनाको नाम सिफारिस गर्ने निर्णय गरेको छ।  समितिको मंगलबारको बैठकले दीपेन्द्रबहादुर क्षेत्री, श्रीराम पौड्याल र वीरविक्रम रायमाझीको नाम  सिफारिस निर्णय गरेको स्रोतले जानकारी दिएको छ। 
काठमाडौं, पुस २२ /  तत्कालीन राजा ज्ञानेन्द्रको नारायणहिटीस्थित सचिवालयलाई छिट्टै परराष्ट्रमन्त्रीको कार्यकक्षमा रूपान्तरण गरिने भएको छ।