२७ नोभेम्बर, २००८
समान हैसियत दिए विशेष समितिमा काँग्रेस सहभागि हुन्छ- शुशिल कोइराला
धन बस्नेत / पोखरान्युज डट कम डट एन्पी
पोखरा

पोखरा, १२ मंसिर/सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराले माओवादी लडाकुलाई नेपाली मौलिकता अनुसार समायोजन गरिने बताउनुभएको छ । उहाँले सेना समायोजनको विशेष समितिमा काँग्रेसको सिट सुरक्षित राखिएको बताउँदै काँग्रेस विशेष समितिमा नआएपनि समायोजन प्रक्रिया अगाडि बढ्ने जानकारी दिनुभयो । माओवादी लडाकुलाई विदेशी मोडालिटीमा नहेरी नेपाली मौलिकता अनुसार समायोजन गरिनुपर्छ । उहाँले बिहीबार पोखरा विमानस्थलमा सञ्चारकर्मीसित कुराकानी गर्दै भन्नुभयो । अहिले सम्म माओबादीले मान्दै आएको लोकतान्त्रिक गणतन्त्रको कार्यनिती सकिएको वताउँदै माओबादी प्रवक्ता समेत रहनुभएका उहाँले नेपालमा नयाँ खालको मौलिक जनताको संघीय लोकतान्त्रिक राष्ट्रिय गणतन्त्र लागू हुने स्पष्ट पार्नुभयो ।

नयाँ गणतन्त्रको स्वरुप अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता किरण बैद्यको प्रतिबेदन समायोजन गरेर, बन्ने प्रतिबेदनले स्पष्ट पार्ने समेत मन्त्री महराले जानकारी दिनुभयो । दुबै प्रतिबेदन शंलेषण गर्ने जिम्मा पार्टीअध्यक्ष प्रचण्डलाई दिईएको र त्यसलाई केन्द्रिय कमिटीको बैठक बसेर पारित गरेपछि, माओबादीको नयाँ कार्यनिती लागू हुने छ । उहाँको भनाई थियो । माओबादीको उद्देश्य जनगणतन्त्र स्थापना गर्नु नै भएकोमा सबैलाई स्पष्ट हुन सचेत गराउँर्दै मन्त्री महराले तर अरुले सोचे जस्तो एकदलिय र तानाशाही गणतन्त्र माओबादीले ल्याउन नखोजेको प्रष्ट पार्नुभयो । संसदीय गणतन्त्र भन्दा नेपाली जनताको मौलिकता बोकेको जनगणतन्त्र ल्याउने छौं । उहाँले भन्नुभयो ।

उता नेपाली काँग्रेसका कार्यबहाक सभापति शुशिल कोइरालाले नेपाली काग्रेसलाई कुनैपनि जनगणतन्त्र स्वीकार्य नहुने बताउनुभएको छ । मन्त्री महराभन्दा झण्डै आधा घण्टा ढिला पोखरा विमानस्थलमा उत्रिनुभएका कोइरालाले सञ्चारकर्मीसित कुराकानी गर्दै काँग्रेसलाई जनगणतन्त्र कुनै पनि हालतमा स्वीकार्य नहुने दोहोर्‍याउनुभयो । काँग्रेसका जागरण अभियानको लागि पोखरा आउनुभएको कार्यबहाक सभापति कोइरालाले माओवादी लडाकुलाई राष्ट्रिय सेनामा समायोजन गर्न नहुने अडान राख्नुभयो । राष्ट्रिय सेनामा माओवादी लडाकुलाई समायोजन गर्नुहुन्न । उहाँले भन्नुभयो-राष्ट्रिय सेनाबाहेक अन्यत्र सुरक्षा निकायमा समायोजन गरिनुपर्छ । उहाँले लडाकुलाई नेपाल प्रहरी र शसस्त्र प्रहरीसँगै औद्योगिक सुरक्षाबल गठन गर्नुपर्ने आशय व्यक्त गर्नुभएको थियो ।

माओवादीको नेतृत्वमा गठित सेना समायोजनको विशेष समितिमा नेपाली काँग्रेसलाई समान हैसियत दिएको अवस्थामा समितिमा सहभागिता जनाउने बताउनुभयो । समितिमा समान हैसियत प्रदान गरे काँग्रेस सहभागि हुन्छ । कार्यबहाक सभापति कोइरालाले भन्नुभयो । उहाँले नेपाली काँग्रेस सरकारमा नजाने स्पष्ट पार्दै मुलुकको विकासको लागि स्थानीय निकायमा भने सहभागि हुने बताउनुभयो । काँग्रेसले भोलि शनिबार पोखराको अमरसिंह चोकको चौरमा जागरण सभा गर्दै छ ।


Post your comments here
समाचार
काठमाडौ,२२ पुस । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन -र्सार्कका एचआइभी/एड्स तथा क्षयरोगका लागि सद्भावना राजदूत शवाना आज्मीले एचआइभी/एड्स तथा क्षयरोग नियन्त्रणका ...
२२ पुस, काठमाण्डौ/ मधेसी जनअधिकार फोरमभित्र विबाद चर्किएपछि असन्तुष्ट समुहले सरकारमा सहभागी आफ्ना मन्त्रीहरुलाइ हटाउन प्रधानमन्त्री प्रचण्डसंग आग्रह गरेको छ । असन्तुष्ट समुहले...
काठमाडौं, २२ पुस/ प्याराग्लाइडिङ उद्‍घाटन गर्न ललितपुरको कोटडाँडा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल सहितका वरिष्ठ व्यक्तिहरू आकाशमा नउडी फर्केका छन्। प्याराग्लाइडिङ उद्‍घाटन पश्चात...
काठमाडौं, २२ पुस/ सत्तारूढ तेस्रो ठूलो दलका ३८ सभासदले आफ्ना पार्टीका सबै मन्त्रीलाई सरकारबाट फिर्ता गर्न माग गर्दै प्रधानमन्त्री कार्यालयमा मंगलबार अपराह्न ज्ञापनपत्र बुझाएका छन् ।
२२ पुष,काठमाडौं/ लोडसेडिङ्गका कारण केन्द्रीय सदस्यहरुले राजनीतिक प्रतिवेदन पढ्न नसकेको भन्दै समय थप गर्न माग गरेपछि सत्तारुढ नेकपा एमाले केन्द्रीय कमिटिको बैठक मंगलबार....
पोखरा, २२ पुस/सरकारले भौतिक पुर्वाधार निर्माणमा लागनी कम गरेपछि सडक विभाग अर्न्तगतको यान्त्रिक कार्यालयका उपकरणहरु प्रयोगविहीन बनेका छन् । पाँचवर्षयता सरकारले पुर्वाधारमा....