२८ नोभेम्बर, २००८
जनजागरण अभियानअर्न्तर्गत पोखरामा आमसभा तयारी
पोखरान्युज डट कम डट एन्पी
पोखरा

पोखरा, १३ मङ्सिर/ नेपाली काङ्ग्रेसले सुरु गरेको देशव्यापी जनजागरण अभियानअर्न्तर्गत पोखरामा गर्न लागेको बृहत् आमसभाको तयारी तीव्र रूपमा भइरहेको जनाएको छ । भोलि मङ्सिर १४ गते पोखरा अमरसिंहचौरमा हुने बृहत् आमसभालाई नेपाली काङ्ग्रेसका सभापति एवम् पुर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सम्बोधन गर्नुहुने कार्यक्रम छ । नेपाली काङ्ग्रेस कास्कीका सभापति यज्ञबहादुर थापाले गण्डकी र धौलागिरिका नेता, कार्यकर्ता र र्सवसाधारण सहभागी हुने सो आमसभाको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराउनुभयो ।

नेका केन्द्रीय सदस्य डा. शेखर कोइरालाको सहभागितामा गण्डकी धौलागिरिका जिल्ला सदरमुकाममा कार्यकर्ता भेला, कास्कीका चारै क्षेत्र र नगरपालिकाका वडामा घरदैलो अभियान जारी राखिएको काङ्ग्रेसका जिल्ला सचिव पोषनाथ शर्माले बताउनुभयो । नयाँ संविधान समयमै बनाउन जनदबाब सिर्जना गर्न र माओवादी र्सवसत्तावादका विरुद्ध खबरदारी गर्न काङ्ग्रेसले जनजागरण अभियान सुरु गरेको केन्द्रीय सदस्य दिलबहादुर र्घर्तीले बताउनुभयो ।


Post your comments here
समाचार
सप्तरी, २२ पुस/ मिलको फित्तामा बेरिएर आज बिहान सप्तरीको नक्तिराइपुर गाविसमा एक बालिकाको मृत्युभएको छ । मृत्यु हुनेमा राइपुर-८ निवासी चन्दर चौधरीकी १० बर्षिय छोरी लक्ष्मी रहेको...
लहान, २२ पुस/ ढाडीस्थित सुरक्षाफौजले विभिन्न जोखिम उठाएर गाईगोरु समाते पनि भन्सार कर्मचारीले कम मूल्य लिई छोडिदिने गरेको आरोप प्रहरीले लगाएको छ । ढाडीस्थित सुरक्षाफौजले...
ढाका,२२ पुस/ बङ्गलादेशका अन्तरिम सरकार प्रमुख फखरुद्दिन अहमद्ले बर्तमान सरकारले आम निर्वाचन शान्तिपुर्ण ढंगबाट सम्पन्न गरेको बताउनुभएको छ । निर्वाचनपछि नयाँ सरकारलाई सत्ता..
मनिला,२२ पुस/ फिलिपिन्सको राजधानी मनिलास्थित इजरायली राजदूतावास बाहिर प्रदर्शन गरिरहेका सयौ प्रदर्शनकारीले गाजामा भैरहेको यहुदी अतिक्रमणलाई अन्त्य गर्न माग गरेका छन् ।
२२ पुष,क्वाललालम्पुर/ आफ्नो निजी भम्रणमा मलेसिया आइपुग्नु भएका नेकपा (माओवादी) केन्द्रीय कार्यालय सचिव तथा सभासद श्रीराम ढकाल र नेपाल प्रगतिशिल श्रमिक मोर्चाका अध्यक्ष..
२२ पुस, अर्घाखाँची/ सामान्य प्रशासन मन्त्री पम्फा भुसालले राजनीतिक क्षेत्रमा भएको परिवर्तन अनुसार प्रशासनिक क्षेत्रमा परिवर्तन गर्न नसकिएको बताउनुभएको छ । नेपाल क्रान्तिकारी..