२८ नोभेम्बर, २००८
बालक उद्दार गर्ने तामाङ र थापालाई विद्यालयद्वारा सम्मान
धन बस्नेत / पोखरान्युज डट कम डट एन्पी
पोखरा


पोखरा, १३ मंसिर/सेतीको खोंचबाट बालकलाई सकुशल उद्दार गरेका उद्दारकर्ताद्वय भीम तामाङ र कमल थापालाई माउण्ट अन्नपुर्ण उच्चमाविले शुक्रबार विद्यालयमा सम्मान गरेको छ । पचहत्तर फिट गहिरो खोंचबाट १३ वषिर्य बालक सुविन गुरुङलाई तामाङ र थापाले झण्डै दुइघण्टाको प्रयासपछि उद्दार गरिएको थियो । आफनो ज्यानको बाजी राखेर उद्दार गरेका तामाङ र थापालाई विद्यालयले १०/१० हजार र सम्मानपत्रबाट सम्मान गरेको हो । विद्यालयका प्राचार्य रामजी शर्माले खादा लगाई सम्मान गर्नुभएको थियो । बालकका आफन्तले पनि उनीहरु दुवैलाई १५/१५ हजार रुपियाँसहित खादा लगाई सम्मान गरेका थिए ।

विद्यालयका आफना सहकर्मीलाई सेतीको खोंचबाट उद्दार गरेको तामाङ र थापालाई अध्ययनरत विद्यार्थीहरुले समेत नगदसहित सम्मान गरेका थिए । माउण्ट अन्नपुर्ण उच्चमावि कक्षा सातमा अध्ययनरत सुविनको टाउकोमा चोट लागेको छ । उनी उपचारपछि घर फर्किएका छन् । तल खस्दा थाहै पाइन् । उद्दार गरी अस्पतालमा उपचारको क्रममा मात्रै थाहा पाएँ । १३ वषिर्य सुविनले भने-नाकबाट रगत बगेको थियो । बाहिर निकालेको समेत थाहा पाइन् । रंगशालामा शौच गर्ने क्रममा सुविन सेती खोंचमा उनी खसेका थिए । उद्दार कार्यमा संलग्न भएका ४० वषिर्य भीम तामाङले भने बच्चा तल खोंचमा अढेस लगाएर बसेको अवस्थामा फेला परेको जानकारी दिए ।

उनले आफु एक्लैले बालकलाई उद्दार गर्न नसकेपछि सहकर्मीलाई बोलाएको बताए । डोरीले बाँधे, दुख्यो भन्यो एक्लैले सकिन । उनले भने-खोंचबाट साथीलाई बोलाए अनि निकाल्यौं । कास्कीको मौजा गाविस घर भएका तामाङ सेती नदीको पश्चिम तर्फो सुकुम्बासी टोलमा बस्दै आएका छन् । तामाङ र थापा श्रमिकको रुपमा काम गर्दै आएका छन् । बालक सुविन पोखरा उपमहानगरपालिका १० स्थित रक्षामार्गमा आफन्तसित बस्दै आएका छन् ।


Post your comments here
समाचार
लहान,२१ पुस/ केही वर्षअगाडि हरियो वनको रूपमा रहेको राष्ट्रिय वन मधेस आन्दोलन पछि अतिक्रमणको चपेटामा पर्दा दयनीय अवस्थामा पुगेकोमा आज लहानमा आयोजित एक कार्यक्रममा...
पोखरा, २१ पुस्/पर्यटन क्षेत्रमा लगानी बढेको छ । पर्यटक आगमनमा देखिएको सुधारसँगै पर्यटन क्षेत्रमा लगानी बृद्धि भएको हो । द्धन्द्ध शान्तिमा रुपान्तरण भएपछि आन्तरिक तथा बाहृय.....
२१ पुष, काठमाडौं/ साना दल र स्वतन्त्र सभासदसँग छात्रवृत्ति विधेयकमा सहमति जुट्न नसकेका कारण सोमबार बिहान ११ बजेका लागि बोलाइएको व्यवस्थापिका संविधानसभाको बैठक तीन....
२१ पुस, काठमाण्डौ/ नेकपा माओवादीको सैन्य संगठन जनमुक्ति सेनाले आफ्ना सेनालाइ पनि नेपाली सेना सरह सेवा र सुविधाको प्रदान गर्न सरकारसँग आग्रह गरेको छ । राजधानीको नयाँ बजारमा...
The new US embassy in Baghdad is due to be officially opened, with a dedication service led by Ambassador Ryan Crocker. Security will...
A Greek riot policeman has been seriously injured by two men with Kalashnikov automatic weapons in central Athens, officials say.