२९ नोभेम्बर, २००८
'माओवादीको शब्दजालले संविधान निर्माणमा ढिलाई भएको छ '-कोइराला
पोखरान्युज डट कम डट एन्पी
पोखरा



पोखरा, १४ मंसिर/माओवादी आफैं आफनो शब्दजालमा फँसेकोले संविधान निर्माणमा ढिलाई गरेको बताउँदै नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले काँग्रेसले नै शब्दजालबाट बचाउनुपर्ने अवस्था आएको बताउनुभयो ।
'माओवादी शब्द जालमा फसाँउन माहिर छन् ।' उहाँले भन्नुभयो-'अरुलाई फसाँउने शब्दजालमा आफैं फसेका छन् ।' आफनो शब्दजामा आफै फँसेका माओवादीलाई बचाइदिनुपर्ने अवस्था आइपरेको उहाँले दावी गर्नुभयो । माओवादीको शब्दजालकै कारण संविधान निर्माणमा ढिलाई गरेको भन्दै सभापति कोइरालाले संविधान निर्माण पछि मात्रै आफुले विश्राम लिने स्पष्ट पार्नुभयो । 'शब्द जालले माओवादी आफैंलाई डुबाएको छ ।' उहाँले भन्नुभयो-'म बुढोले बचाउनुपर्ने अवस्था सृजना भएको छ ।'
सभापति कोइरालाले शान्ति, स्थितरता र विकासको लागि संविधान निर्माण गर्नुपर्ने खाँचो औंल्याउँदै तर माओवादीले भने संविधान निर्माणलाई ओझेलमा राख्न खोजेको आरोप लगाउनुभयो । 'शान्ति र स्थिरता विना विकास सम्भव छैन् ।' नेपाली काँग्रेसको राष्ट्रिय जागरण अभियान अर्न्तर्गत पोखरामा शनिबार आयोजित आमसभालाई सम्बोधन गर्दै सभापति कोइरालाले भन्नुभयो-'शान्ति र स्थिरतासँगै राष्ट्रियता प्रजातन्त्रको लागि पनि संविधान निर्माण गरिनुपर्छ ।'
माओवादी अध्यक्षले पछिल्लो क्रममा दिएको न्यायलयप्रति उठाएको अविश्वासलाई उहाँले राजा भाषा बोलेको बताउनुभयो । 'पहिला राजाले यो भएन र त्यो भएन् भन्थे ।' उहाँले भन्नुभयो-'तर अहिले माओवादी नेताहरुले पनि राजाको भाषा प्रयोग गर्दै आएका छन् ।' सेना समायोजनको विषयमा मुलुकमा चर्को बहस चलिरहेको अवस्थामा सभापति कोइरालाले हत्या, हिंसा र आतंकमा लतपतिएकालाई सेनामा समायोजन गर्न नहुने अडान राख्नुभयो ।
'राष्ट्रिय सेनालाई प्रत्योहित गर्नुपर्छ ।' उहाँले भन्नुभयो-'तर हत्या हिंसामा रुमलिएकाहरुलाई सेनामा समायोजन गरिनुहुन्न ।' माओवादीले विभिन्न समयमा गरेको सहमति र सम्झौता तोडेको बताउँदै सभापति कोइरालाले सहमति र सम्झौता तोड्नेसित फेरी सहमति र सम्झौता गर्न नसकिने स्पष्ट पार्नुभयो । माओवादीले पछिल्लो समयमा गोर्खा सैनिक भर्ती केन्द्र सम्बन्धमा दिएको अभिव्य्त्तिको खण्डन गर्दै कोइरालाले अर्को व्यवस्था गरेरमात्रै गोर्खा भर्ती केन्द्र बन्द गर्नुपर्नेमा जोडदिनुभयो । 'माओवादीसित हिम्मत छ भने विदेशमा जाने क्रमम रोक्नुपर्छ ।' उहाँको भनाई थियो ।
कार्यक्रमका नेपाली काँग्रेसका नेता शेरबहादुर देउवाले माओवादीले जनगणतन्त्रको नाममा एकदलिय अधिनायकवाद लाद्ने प्रयास गरेको आरोप लगाउनुभयो । जर्वजस्ती चन्दा, कर, समानान्तर कर, ठेक्कापट्टा आफैंले लिनुपर्ने र नियन्त्रण गर्ने प्रवृत्तिले माओवादीले अधिनायकवाद लाद्ने खोजेको स्पष्ट हुने उहाँले ठोकुवा गर्नुभयो ।
काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले माओवादीले जनगणतन्त्रको नाममा जनतालाई धोका दिने षडयन्त्र गरेको भन्दै शान्ति र क्रान्तिको नेतृत्व नेपाली काँग्रेसले गर्ने दावी गर्नुभयो । युवा नेता तथा सभासद गगन थापाले माओवादीको जनगणतन्त्रमा नेपाली काँग्रेस चट्टान भएर बस्ने चेतावनी दिनुभयो । 'संविधान लेख्ने काम नेपाली काँग्रेसले गर्छ ।' उहाँले भन्नुभयो । कार्यक्रममा विभिन्न जिल्लाबाट कार्यकर्ताको उपस्थिति थियो ।


Post your comments here
समाचार
काठमाडौ,२२ पुस । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन -र्सार्कका एचआइभी/एड्स तथा क्षयरोगका लागि सद्भावना राजदूत शवाना आज्मीले एचआइभी/एड्स तथा क्षयरोग नियन्त्रणका ...
२२ पुस, काठमाण्डौ/ मधेसी जनअधिकार फोरमभित्र विबाद चर्किएपछि असन्तुष्ट समुहले सरकारमा सहभागी आफ्ना मन्त्रीहरुलाइ हटाउन प्रधानमन्त्री प्रचण्डसंग आग्रह गरेको छ । असन्तुष्ट समुहले...
काठमाडौं, २२ पुस/ प्याराग्लाइडिङ उद्‍घाटन गर्न ललितपुरको कोटडाँडा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल सहितका वरिष्ठ व्यक्तिहरू आकाशमा नउडी फर्केका छन्। प्याराग्लाइडिङ उद्‍घाटन पश्चात...
काठमाडौं, २२ पुस/ सत्तारूढ तेस्रो ठूलो दलका ३८ सभासदले आफ्ना पार्टीका सबै मन्त्रीलाई सरकारबाट फिर्ता गर्न माग गर्दै प्रधानमन्त्री कार्यालयमा मंगलबार अपराह्न ज्ञापनपत्र बुझाएका छन् ।
२२ पुष,काठमाडौं/ लोडसेडिङ्गका कारण केन्द्रीय सदस्यहरुले राजनीतिक प्रतिवेदन पढ्न नसकेको भन्दै समय थप गर्न माग गरेपछि सत्तारुढ नेकपा एमाले केन्द्रीय कमिटिको बैठक मंगलबार....
पोखरा, २२ पुस/सरकारले भौतिक पुर्वाधार निर्माणमा लागनी कम गरेपछि सडक विभाग अर्न्तगतको यान्त्रिक कार्यालयका उपकरणहरु प्रयोगविहीन बनेका छन् । पाँचवर्षयता सरकारले पुर्वाधारमा....