३० नोभेम्बर, २००८
वाइसियल विघटन गरेर सेना व्यवस्थापन-गिरिजाप्रसाद कोइराला
पोखरान्युज डट कम डट एन्पी
पोखरा

पोखरा, १५ मंसिर/नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले सेना समायोजन हुनै नसक्ने दावी गर्दै माओवादी लडाकुको व्यवस्थापन गर्न सकिने बताउनुभएको छ । उहाँले लडाकुको व्यवस्थापन पनि भातृ संगठन वाइसियल विघटन गरेर मात्रै सकिने स्पष्ट पार्नुभयो । वाइसियल विघटन गरेर व्यक्तिगत आधारमा व्यवस्थापन गर्न सकिन्छ । उहाँले आइतबार विहान प्रेस युनियन कास्कीद्वारा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो-तर राष्ट्रिय सेनामा भने समायोजन हुनै सक्दैन् । उहाँले माओवादी आफ्ने शब्दजालमा फसेको दोहोर्‍याउँदै संविधान समयमा निर्माण नभए काँग्रेसले नै संविधान निर्माण गरी जनतासमक्ष अनुमोदनको लागि पठाउने जिकिर गर्नुभयो ।

संविधान निर्माण् समयमै नभए काँग्रेस आफैंले संविधान निर्माण गरी जनता समक्ष पठाउने छ । उहाँको भनाई थियो । प्रजातन्त्र विरुद्ध कसैले कुदृष्टि राखे समाप्त हुने चेतवानी दिदैं कोइरालाले प्रजातन्त्रको निम्ति कुनैपनि शक्तिसित नझुक्ने अठोट गर्नुभयो । कोइरालाले काँग्रेसले संघीयताप्रति उठाएको आवाजलाई आफुलाई कुनै जानकारी नभएको बताउनुभयो । प्रजातन्त्र रक्षाको लागि प्रेस स्वतन्त्रको खाँचो समेत उहाँले औंल्याउनुभयो ।


Post your comments here
समाचार
२२ पुष, काठमाडौं/ सूचना तथा सञ्चार मन्त्री कृष्णबहादुर महराले एक हप्ताभित्र श्रमजिवी पत्रकार नियमावली लागू गरिने जानकारी दिनु भएको छ । क्रान्तिकारी पत्रकार संघ दाङले मंगलबार...
काठमाडौं, २२ पुस/ पुजारी नियुक्तिको विषयमा स्थानीय बासिन्दा र भण्डारीहरूले पशुपति क्षेत्रमा मंगलबार बिहानैदेखि विरोध प्रदर्शन सुरू गरेका छन्। विरोध प्रदर्शनका कारणा गौशाला क्षेत्रमा...
२२ पुस, काठमाण्डौ/ तीन सातादेखि अबरुद्ध ब्यवस्थापिका संसदको बैठक सुचारु गर्न मुख्य आठ दल सहमत भएका छन् । बिहान नौबजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा वसेको वैठकमा सत्तारुढ...
इनरुवा, २२ पुस/ जुट मजदुरको आन्दोलनका कारण आज तेस्रो दिन पनि कोसी राजमार्गको मोरङ-सुनसरीखण्ड अवरुद्ध भएको छ । न्युनतम रु.१९० ज्याला पाउनुपर्ने माग राख्दै तीन दिनदेखि...
बाबियाचौर -म्याग्दी, २२ पुस/ म्याग्दी जिल्लाको सिङ्गा गाविसमा पर्ने सुर्केमेला र वास्कुनाका बासिन्दाको लागि फलफूल र बेमौसमी तरकारीखेती मुख्य आयस्रोत बनेको छ । त्यस क्षेत्रमा..
मङ्गलबारे -इलाम, २२ पुस/ लोडसेडिङले देश नै डुब्न लागिरहेको बेला इलामको पश्चिमी एक विकट गाविसका स्थानीयवासी रातभर उज्यालोमा नै बिताउँछन् । स्थानीय प्रयासमा इभाङ्ग गाविसका...