१ डिसेम्बर, २००८
चीनको साइबर क्याफे विकासले अमेरिकामा आतंक
पोखरान्युज डट कम डट एन्पी
पोखरा

१६ मंसिर ,पोखरा/ अमेरिकी कांग्रेसको एउटा टोलीले तयार पारेको प्रतिवेदनमा चीनले साइबर क्याफेको विकास गरेको अमेरिकी सरकारको कम्प्युटर सञ्जालमा प्रवेश गरी सम्पूर्ण सूचना पाउन सक्ने अवस्था विकास गरेको कुरा उल्लेख गरिएको छ। ३९३ पृष्ठ लामो कंग्रेसले तयार पारेको प्रतिवेदनमा चीनले साइबर जासुसी कार्य सञ्चालन गरेको उल्लेख छ। चीनले अन्तरिक्ष क्षेत्रमा गरेको विकासलाई सजिलै सैन्य प्रयोजनका लागि प्रयोग गर्न सकिने कुरा पनि प्रतिवेदनमा उल्लेख छ। झट्ट हेर्दा चीनले अन्तरिक्ष क्षेत्रमा गरेको प्रगति सञ्चार र मौसमजस्ता कुरामा मात्र सीमितजस्तो रहे तापनि त्यो सैन्य प्रयोजनमा रूपान्तरण हुने कुरामा सतर्क रहन कंग्रेसको प्रतिवेदनले अमेरिकी सरकारलाई घच्घच्याएको छ। न्युज स्रोतहरु


Post your comments here
समाचार
२२ पुस, काठमाण्डौ/ मधेसी जनअधिकार फोरमभित्र विबाद चर्किएपछि असन्तुष्ट समुहले सरकारमा सहभागी आफ्ना मन्त्रीहरुलाइ हटाउन प्रधानमन्त्री प्रचण्डसंग आग्रह गरेको छ । असन्तुष्ट समुहले...
काठमाडौं, २२ पुस/ प्याराग्लाइडिङ उद्‍घाटन गर्न ललितपुरको कोटडाँडा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल सहितका वरिष्ठ व्यक्तिहरू आकाशमा नउडी फर्केका छन्। प्याराग्लाइडिङ उद्‍घाटन पश्चात...
काठमाडौं, २२ पुस/ सत्तारूढ तेस्रो ठूलो दलका ३८ सभासदले आफ्ना पार्टीका सबै मन्त्रीलाई सरकारबाट फिर्ता गर्न माग गर्दै प्रधानमन्त्री कार्यालयमा मंगलबार अपराह्न ज्ञापनपत्र बुझाएका छन् ।
२२ पुष,काठमाडौं/ लोडसेडिङ्गका कारण केन्द्रीय सदस्यहरुले राजनीतिक प्रतिवेदन पढ्न नसकेको भन्दै समय थप गर्न माग गरेपछि सत्तारुढ नेकपा एमाले केन्द्रीय कमिटिको बैठक मंगलबार....
पोखरा, २२ पुस/सरकारले भौतिक पुर्वाधार निर्माणमा लागनी कम गरेपछि सडक विभाग अर्न्तगतको यान्त्रिक कार्यालयका उपकरणहरु प्रयोगविहीन बनेका छन् । पाँचवर्षयता सरकारले पुर्वाधारमा....
कञ्चनपुर,२२ पुस/ भारतबाट दैनिक ब्रोइलर कुखुरा र कालो हाँस भित्रिन थालेपछि दोधारा-चाँदनीका बासिन्दा त्रसित भएका छन्। भारतका विभिन्न भेगमा बर्डफ्लु देखा परेपछि नेपालमा प्रतिबन्धित...