१ डिसेम्बर, २००८
संसदीय दलको नेताको विषयमा कोइरालासित सल्लाहा गरेर निर्णाय गर्छु-देउवा
धन बस्नेत / पोखरान्युज डट कम डट एन्पी
पोखरा

पोखरा, १६ मंसिर/नेपाली काँग्रेसका बरिष्ट नेता एवं पुर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संसदीय दलको नेताको विषयमा पार्टीसभापति गिरिजाप्रसाद कोइरालासित सरसल्लाहा गरेपछि मात्रै निर्णाय गर्ने बताउनुभएको छ । कोइराला जेष्ठताको आधारमा संसदीय दलको नेता भएको उल्लेख गर्दै उहाँले अब आफु कोइरालासित सरसल्लाहा गरेपछि निर्णाय गर्ने जानकारी दिनुभयो । संसदीय दलको नेता बन्न कोइरालासित सरसल्लाहा गरेर निर्णाय गर्ने छु ।

मेची महाकाली मिडिया सोसाइटीद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा नेता देउवाले भन्नुभयो-जेष्ठताको आधारमा अहिले कोइरालाले गर्नुभएको छ । कोइरालाको म नै संसदीय दलको नेता भन्ने दिएको अभिव्यक्तिप्रति नेता देउवाले खासै टिप्पणी नगरि जेष्ठताको आधारमा भएको उल्लेख गर्नुभयो । नेता देउवाले संसदीय दलको नेता आफैं घोषणा गरेर पार्टीभित्र भाड्न नचाहने अभिव्यक्ति दिनुभयो । पार्टीभित्र म मिल्न आएको हुँ, झगडा गर्न होइन् । उहाँले भन्नुभयो-त्यही भएर संसदीय दलको नेता बन्न पनि कोइरालासित सरसल्लाहा गर्ने छु । संविधान निर्माणको विषयमा भने नेता देउवाले सुरक्षा निकाय, स्वतन्त्र न्यायलयमाथि हस्तक्षेप गर्न माओवादीले डेमोक्रेटिक संविधान निर्माण गर्नेमा आंशका व्यक्त गर्नुभयो ।

सेना समायोजनको विषयमा नेता देउवाले पार्टी र राजनीति ओतप्रोत सेनालाई राष्ट्रिय सेनामा समायोजन गर्ने नहुने स्पष्ट अडान राख्नुभयो । सेनालाई राजनीतिकरण गर्नुहुदैन् । माओवादी लडाकुलाई सुरक्षा निकायमा समायोजन गर्ने भन्ने छ तर सेनामा होइन् । उहाँले भन्नुभयो-तर माओवादीले सेनामा समायोजन गर्नुपर्ने भन्दै आएको छ जुन कतापि हुन सक्दैन् । नेता देउवाले सेना समायोजन विशेष समितिमा भने काँग्रेस सहभागि हुने बताउनुभयो । माओवादीले प्रजातन्त्रमाथि हस्तक्षेप गर्ने षडयन्त्र गरिरेको बताउँदै देउवाले प्रजातन्त्र रक्षाको लागि काँग्रेसले माओवादीलाई प्रजातन्त्रको अभ्यासमा ल्याउने दावी गर्नुभयो । सरकारको नेतृत्व गरेको माओवादी राष्ट्रको सम्पति, व्यक्तिगत सम्पति कब्जा गर्ने प्रवृत्तिले आफनै कारणले सरकार ढल्ने दावी गर्नुभयो ।

माओवादीको सरकार आफैं ढल्छ । उहाँले भन्नुभयो-अरु कसैले ढाल्नु पर्दैन् । सरकारको सय दिन सन्तोषजनक भएको सरकारमा प्रवक्ताको अभिव्यक्तिप्रति देउवाले शान्ति सुरक्षाको स्थिति दयनीय, कानून उल्लंघनका घटनाहरु दोहोरिनु, र्सवसाधारण तथा साना व्यवसायीमाथि करको भार थुपार्नु, विद्यालयलाई जर्वजस्ती कर निर्धारण गर्नु जस्ता गतिविधि मात्रै गरेको बताउनुभयो । देउवाले व्यक्तिगत मौलिक अधिकारप्रति कसैसित सम्झौता नगर्ने प्रतिबद्ध जाहेर गर्नुभयो ।


Post your comments here
समाचार
काठमाडौँ, २२ पुस । नेपालमा सन् २०११ सम्ममा १० लाख विदेशी पर्यटक भित्रयाउने लक्ष्य साकार पार्न बन्द, चक्काजाम, हडतालजस्ता गतिविधि अन्त्य गरी दिगो शान्तिसुरक्षा कायम गर्नुपर्नेमा जोड दिइएको छ ।
काठमाडौँ, २२ पुस । अर्थमन्त्री डा. बाबुराम भट्टर्राईले सरकारले बजारमा भइरहेको अनियन्त्रित मूल्यवृद्धि रोक्न कडा कदम चाल्ने सङ्केत गर्नुभएको छ । नेपाल राष्ट्र बैङ्कको आज निरीक्षण भ्रमणका क्रममा बैङ्क अधिकारीलाई निर्देशन दिँदै अर्थमन्त्री भट्टर्राईले यस्तो सङ्केत गर्नुभएको हो ।
भैरहवा, २२ पुस । नेकपा(माओवादी) का नेता मातृका यादवले मधेसप्रति माओवादी पार्टीनै स्पष्ट नभएको आरोप लगाउनुभएको छ । क्रान्तिकारी पत्रकार सङ्घद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेता यादवले माओवादीको भनाइ र गराइ फरक रहेको बताउनुभयो ।
नयाँदिल्ली, २२ पुस । प्रधानमन्त्री मनमोहन सिंहले औद्योगिक नगर मुर्म्बईमा गत नोभेम्बरमा भएको आतङ्कवादी हमलामा पाकिस्तानको सरकारी निकायले सहयोग गरेको दाबी गरेका छन् ।
काठमाडौं, पुस २२ / राष्ट्र बैंक गभर्नर नियुक्त गर्न अर्थमन्त्रीको संयोजकत्वमा गठित समितिले तीन जनाको नाम सिफारिस गर्ने निर्णय गरेको छ।  समितिको मंगलबारको बैठकले दीपेन्द्रबहादुर क्षेत्री, श्रीराम पौड्याल र वीरविक्रम रायमाझीको नाम  सिफारिस निर्णय गरेको स्रोतले जानकारी दिएको छ। 
काठमाडौं, पुस २२ /  तत्कालीन राजा ज्ञानेन्द्रको नारायणहिटीस्थित सचिवालयलाई छिट्टै परराष्ट्रमन्त्रीको कार्यकक्षमा रूपान्तरण गरिने भएको छ।