बेइजिङ, ६ भदौ-एपी)/२९ औँ ओलम्पिकको महिला फुटबलमा ब्राजिलले फेरी पनि रजत पदकमा नै चित्त बुझाएको छ । ४ वर्षअघि एथेन्समा भएको ओलम्पिकमा पनि ब्राजिल यू.एस.ए सगँ हारेको थियो । अति नै प्रतिस्पर्धात्मक खेलमा थपिएको समयलाई सदुपयोग गर्दै यू.एस.ए ले ब्राजिलको स्वर्ण जत्ने सपना चकनाचुर पार्यो । ९० मिनेटको खेलमा दुवै पक्षबाट कुनै पनि गोल हुन नसकेपछि स्वर्ण बिजेताको लागि थप समय लिनु परेको थियो । थप समयको छैटौँ मिनेटमा यू.एस.ए की कार्ली ल्योडले ब्राजिलविरुद्ध गोल गर्दै यू.एस.एलाई स्वर्ण जिताइन । बेइजिङको स्वर्ण सगैँ यू.एस.एले महिला फुटबलमा तेस्रो पटक स्वर्ण जत्ने सफल भयो ।
