पोखरा, ७ भदौ/आफनो प्रतिद्धन्द्धीलाई टाइब्रकेरमा पराजित गर्दै आयोजक आदर्श युवा क्लबले २१ औं आमन्त्रण कपको उदघाटन खेलमा कठिन जित दर्ता गर्दै र्क्वाटरफाइलनमा प्रवेश गरेको छ । जितले घरेलु दर्शकको मनलाई जित्न सफल भएको छ । आयोजक आदर्श युवा क्लबले पोखरा उपमहानगरपालिकाको काजी पोखरी युवा क्लबलाई टाइब्रकेरमा ५-४ गोलले निराश बनाएको थियो ।
आयोजकका लागि अमन गुरुङ, कमलेश क्षत्री, पले खड्का, किरण कार्की र विनोद थापाको प्रहार गोलमा परिणत हुदाँ काजी पोखरीका विजय गुरुङको प्रहार खेर गएपछि पहिलो खेलबाट विदाई हुनुपरेको थियो र्।र् इश्वर गुरुङ, लोकेन्द्र गुरुङ, भुपालसिंह गुरुङ र सुनिल गौतमले गोलमा परिणत गरेपनि टोली उदघाटनबाटै बाहिरियो ।
निर्धारित समय र अतिरिक्त समयसम्म बराबरी खेलेको आयोजकले काजीपोखरीलाई टाइब्रकेरमा पराजित गर्दै अगाडि बढ्दा घरेलु र्समर्थक जितको खुशीयाली मनाए । घरेलु दर्शकको अपार र्समर्थन पाएको आयोजक आदर्शले काजीपोखरीमाथि खासै धावा बोल्ने अवसर भने सृजना गर्न सकेको थिएन् ।
पुरानै मैदान भएपनि आयोजकले काजीपोखरीलाई नियन्त्रणमा राख्ने प्रयास हरेक पटक विफल बनाँउदा काजी पोखरीलाई पनि गोल गर्ने अवसर खासै सृजना गर्न भने दिएको थिएन् । पृथ्वीराजमार्गको किनारको सधैको जस्तो पालले घेरेर मैदान सुरक्षित गरी उदघाटन खेलको खेलाइएको थियो ।
सातजना राजधानीका खेलाडी मैदानमा उतारेको आयोजकले जितको लागि निकै संर्घष गरेको थियो । दिपक डंगोल, रुपेन श्रेष्ठ, राजकृष्ण प्रजापति, पले खड्का, किरण कार्की, कमलेश क्षत्रीसहितको टोली आयोजकको जर्सी मैदान छिरेका थिए । उता काजीपोखरीका लागि भने सबै स्थानीयस्तरका खेलाडीहरु समावेश थिए ।
महिलाहरुको महानपर्व हरितालिका तिजको अवसरमा आयोजित आमन्त्रण नकाउट फुटबलको २१ औं सस्करणको उदघाटन शसस्त्र प्रहरीबलका पोखरा मुक्तिनाथ बाहिनीका प्रमुख खोजबहादुर गुरुङले गर्नुभएको थियो । आदर्श युवा क्लब भण्डारढीकको आयोजनामा स्थानीय खेलमैदानमा शुरुभएको प्रतियोतिगामा ११ टोलीको सहभागिता रहेको छ । पश्चिमाञ्चल क्षेत्रकै पुरानो र एकमात्र नियमित प्रतियोगिताको रुपमा परिचित आमन्त्रण फुटबल प्रतियोगिताको विजेताले नगद ५० हजार रुपियाँसहित शिल्ड पाउने छ भने उपविजेता बनेको टोलीले ३० हजार नगद पाउने छ । आइतबारको खेल तीनपटकको विजेता संगम युवा क्लब बाँझापाटन र ड्यामसाइड युथ क्लब बीच हुने छ ।
