२४ अगष्ट, २००८
तेस्रो विद्यालय स्तरिय शहिद भीसेन दाहाल कप सुरु
एकराज गिरी / पोखरान्युज
पोखरा

पोखरा ७/  सहारा क्लव पोखराको आयोजनामा शनिवार देखि तेस्रो विद्यालय स्तरिय शहिद भीसेन दाहाल स्मृति रनिङग कप फुटवल प्रतियोगिता सुरु भएको छ ।

पोखरा रगंशालामा सुरु भएको प्रतियोगिताको पहिलो दिन पाँच खेलहरु सम्पन्न भएका छन ।प्रतियोगिताको उद्घाटन खेलमा रामेश्वरी माविले र गुडसेफर स्कुललाई ० का ६ गोलको फराकीलो गोल अन्चरले पराजित गदै दोस्रो चरणमा प्रवेश गरेको छ ।

रामेश्वरीका लागि हरी के सीले १९ औ मिनेटमा पहिलो गोल गदै खाता खोलेका थिए भने ओम गुरुङ १९ औ मिनेट, गणोश केसीले २८, प्रदिप तामाङले ४३, राजन तामाङले ४८ मिनेटमा गोल गदै रामेश्वरीको जितलाई सुनिश्चित पारेका थए । भने गुडसेफर ले कुनै पनि गोल गर्न सकेन । खेलको सफल म्यान अफद म्याच रामेश्वरीका निश्चल तुलाचन भए ।
 दोस्रो खेलमा मेट्रोपोलिटन स्कुललाई १ का विरुद्ध २ गोलले पराजित गदै भाष्कर मेमोरिएर स्कुल दोस्रो चराण प्रवेश गरेको छ ।

भाष्करका लागि पहिलो गोल आकाश तझयाले खेलको १५ औ मिनेटमा पहिलो गोल गरे भने उनै तझयाले ३१ औ मिनेटमा दोस्रो गोल गदै जित सुनिश्चित गर्न सफल भएका थिए । यता मेट्रो स्कुलको तर्फबाट एक मात्र गोल निदेश गुरुङले २२ मिनेटमा गदै गोल अन्तर घटाएका थिए ।
 त्यसैगरि तेस्रो खेलमा अमर ज्योति स्कुललाई ० का बिरुद्ध ३ गोलले पराजित गदै ताराकुञ्ज स्कुल विजयी भएको छ । तारापुञ्का लागि राजन गुरुङले ९ र २९ औ मिनेटमा दुइ गोल गरे भने नरेश गुरुङले २३ औ मिनेटमा गोल गदै स्कुललाई दोस्रो चरण प्रवेश गराउन सफल भए ।
 खेलको सफल म्यानअफद म्याचको उपाधि ताराकुञ्जका सजिश गुरुङले हात पारे ।

चौथो खेलमा सवलाइम स्कुललाई ० का बिरुद्ध ५ गोलको फराकिले गोल अन्तरले हराउदै पोखरा एकेडेमी विजयी भएको छ । खेलमा पोखरा एकेडेमीका लागि विनल थापाले हृयाट्रीक गदै दोस्रो चरण प्रवेशलाई सहज बनाएका थिए । उनले खेलको १९, ५६ र ६० औ मिनेटमा गोल गदै प्रतियोगिताको पहिलो हृयाट्रीक गर्न सफल भएका थिए । भने पोखरा एकेडेमीका लागि नै सुरथ गुरुङले १० र ५४ मिनेटमा गोल गदै गोल थपेका थिए । खेलको सफल म्यानअफद म्याच सुरथ गुरुङ भएका थिए ।
 अन्तिम पाचौ खेलमा कुमिदिनी होम्सले टाइब्रेकरमा ३ का बिरुद्ध ४ गोलले पराजित गदै कठिन जित हात पादै दोस्रो चरणको यात्रा तय गयो । खेलको सफल म्यान अफद म्याच संजय रन्जीतले हात पारे ।

यस अधि प्रतियोगिताको उद्घाटज पश्चिम प्रहरी प्रमुख डिआइजी दिपेन्द्र बहादुर विष्टले गर्नु भएको थियो । उद्घाटन मन्तव्य राख्दै विष्टले विद्यालय स्तरदेखि यस्ता प्रतियोगिताले खेल क्षेत्रमा महत्वपूर्ण भुमिका खेल्ने बताउनु भयो ।

कार्यक्रममा अखिल नेपाल फुटवल संघ कास्कीका अध्यक्ष खेम बहादुर गुरुङले खेलकुदको विकास विद्यालय स्तरदेखि बाटै हुर्नुपर्ने मार्न्यताका साथ यो प्रतियोगिता आयोजना गरिएको बताउनु भयो । उहाँले फुटवलको आधार स्तर बिधालय रहेकाले विद्यालय स्तरको खेलकुदले फुटबल विकासमा महत्वपूर्ण भुमिका खेल्ने बताउनु भयो ।

सोहि कार्यक्रममा पेसिडेन्ट कपको अभ्यासका क्रममा हातमा गम्भीर चोट लागेर उपचार गराइ रहेका पोखरेली राष्ट्रिय खेलाडी अनिल गुरुङलाई सहारा क्लवले सहयोग स्वरुप रु ५ हजार प्रदान गरेको थियो ।

उद्घाटन कार्यक्रम क्लवका कार्यवाहक अध्यक्ष केशवराज बरालको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन सचिव केशव बहादुर थापाले गर्नु भएको थियो ।भोलि सात खेल हुने छ ।


Post your comments here
समाचार
पोखरा, १६ मंसिर/नेपाल आदर्श आवासिय विद्यालय एघारौं प्याब्सन स्पोर्टस मिट अर्न्तर्गत छात्र तर्फो फुटबलको उपाधि नजिक पुगेका छन् । सोमबार पोखरा रंगशालामा सम्पन्न सेमिफाइनलमा लोट्स एकेडेमीलाई २-० ले पराजित गर्दै उपाधि निकट पुगेको हो ।
१६ मङ्सिर,काठमाडौं/ प्रमुख तीन दलहरूबीच एक दुई दिनभित्रै सरकार सञ्चालनका लागि बन्ने उच्चस्तरीय राजनीतिक समितिलाई पूर्णता दिने सहमति भएको छ । सोमबार प्रधानमन्त्री निवास ...
१६ मंसिर, चितवन/ हात्तीपोलो खेलको २७ औ अन्तर्राष्ट्रिय प्रतियोगिता औपचारीक रुपमा आजबाट चितवनको मेघौलीमा शुरु भएको छ । टाईगर टप्स जङ्गल लज प्रा.लिको आयोजनामा हरेक बर्ष ....
लहान, १६ मङ्सिर/ आइतबार राति सिरहा जिल्लाको सिलोर्वा पछवारी गाविस- ८ मा सशस्त्र समूह र गाउँलेहरुको बीचमा भिडन्त हुँदा दुइ जनाको मृत्यु भएको छ । मधेसी मुक्ति टाइगर्सका पाँच-सात....
डडेल्धुरा, १६ मङ्सिर/ कैलालीका पत्रकार जेपी जोशीको हत्याको विरोधमा आज नेपाल पत्रकार महासङ्घ डडेल्धुराले जिल्ला प्रशासन कार्यालयमार्फ प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
१६ मंसिर, इटहरी/ संघीय लिम्बूवान परिषद्का कार्यकर्ताहरुले सभाध्यक्ष सुभाषचन्द्र नेम्वाङ्गलाई डेढघण्टादेखि नियन्त्रणमा लिएर छोडेका छन् । आफूले अध्ययन गरेको इलामको आदर्श नमुना ...