२४ अगष्ट, २००८
पुरुष फुटबलको स्वर्ण अर्जेन्टिनालाई
पोखरान्युज डट कम डट एन्पी
पोखरा


बेइजिङ, ७ भदौ (एपी)/चिनको राष्ट्रिय रगंशाला (चराको गुड)मा भएको पुरुष तर्फो फुटबल फाइनलमा अर्जेन्टिनाले नाइजेरियालाई ० का विरुद्ध १ गोल गर्दै स्वर्ण पदक जितेको छ । पहिलो हाफमा अत्यान्तै प्रतिस्पर्धात्मक रहेको खेलमा अत्यान्त गर्मीका कारण रेफ्रीले २ पटकसम्म ब्रेक गरेका थिए । सन १९९६ मा एटलान्टा ओलम्पिकमा पनि नाइजेरिया र अर्जेन्टिना स्वर्ण लागि प्रतिस्पर्धा गरेका थिए । सन १९९६ मा नाइजेरियाले अर्जेन्टिनालाई ३-२ ले हर्राई स्वर्ण जितेको थियो । अर्जेन्टिनाका लिओनेल मेस्सीले दिएको लामो पासलाई सदुपयोग गर्दै एन्जल डि मारियाले खेलको ५७औँ मिनेटमा उत्कृष्ट गोल गरी अर्जेन्टिलाई स्वर्ण दिलाए । नाइजेरियाको गोलकिपर अगाडी आउदाँ मारियाले किपरलाई बलले बिट गर्दे सजिलै जाली चुमाएका थिए । बार्सिलोनाका स्ट्राइकर मेस्सिलाई अन्तिम समयमा मात्र ओलम्पिक फुटबलको लागि अनुमति दिइएको थियो । अन्यान्त राम्रो प्रदर्शन गरेका मेस्सिले नै अर्जेन्टिनालाई स्वर्ण जित्नको लागि उत्कृष्ट पास मिलाएका थिए । मेस्सिले ओलम्पिक प्रतियोगितामा अत्यान्त राम्रो प्रदर्शन गरे अर्जेन्टिना प्रशिक्षक बाटिस्टाले भने । ८९ हजार दर्शकले प्रत्यक्ष हेरेको उक्त फाइनल वर्य नेस्टमा भएको थियो ।


Post your comments here
समाचार
पोखरा, १६ मंसिर/नेपाल आदर्श आवासिय विद्यालय एघारौं प्याब्सन स्पोर्टस मिट अर्न्तर्गत छात्र तर्फो फुटबलको उपाधि नजिक पुगेका छन् । सोमबार पोखरा रंगशालामा सम्पन्न सेमिफाइनलमा लोट्स एकेडेमीलाई २-० ले पराजित गर्दै उपाधि निकट पुगेको हो ।
१६ मङ्सिर,काठमाडौं/ प्रमुख तीन दलहरूबीच एक दुई दिनभित्रै सरकार सञ्चालनका लागि बन्ने उच्चस्तरीय राजनीतिक समितिलाई पूर्णता दिने सहमति भएको छ । सोमबार प्रधानमन्त्री निवास ...
१६ मंसिर, चितवन/ हात्तीपोलो खेलको २७ औ अन्तर्राष्ट्रिय प्रतियोगिता औपचारीक रुपमा आजबाट चितवनको मेघौलीमा शुरु भएको छ । टाईगर टप्स जङ्गल लज प्रा.लिको आयोजनामा हरेक बर्ष ....
लहान, १६ मङ्सिर/ आइतबार राति सिरहा जिल्लाको सिलोर्वा पछवारी गाविस- ८ मा सशस्त्र समूह र गाउँलेहरुको बीचमा भिडन्त हुँदा दुइ जनाको मृत्यु भएको छ । मधेसी मुक्ति टाइगर्सका पाँच-सात....
डडेल्धुरा, १६ मङ्सिर/ कैलालीका पत्रकार जेपी जोशीको हत्याको विरोधमा आज नेपाल पत्रकार महासङ्घ डडेल्धुराले जिल्ला प्रशासन कार्यालयमार्फ प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
१६ मंसिर, इटहरी/ संघीय लिम्बूवान परिषद्का कार्यकर्ताहरुले सभाध्यक्ष सुभाषचन्द्र नेम्वाङ्गलाई डेढघण्टादेखि नियन्त्रणमा लिएर छोडेका छन् । आफूले अध्ययन गरेको इलामको आदर्श नमुना ...