२४ अगष्ट, २००८
तीनपटकको विजेता संगम प्रतियोगिताबाट बाहिरियो
धन बस्नेत/पोखरान्युज डट कम डट एन्पी
पोखरा

पोखरा, ८ भदौ/लगातार तीनपटकसम्म आमन्त्रण नकाउट फुटबल प्रतियोगिताको उपाधि उचालेर इतिहास रचेको संगम युथ क्लब बाँझापाटनको चौथो पटकपनि रक्षा गर्ने सपना अधुरो बनेको छ । आइतबार भण्डारढीक खेलमैदान भएको खेलमा ड्यामसाइड युथ क्बले २-१ ले पराजित गरेपछि संगमको यात्रा पहिलो खेलबाटै टुंगिएको हो । तीनपटकसम्म उपाधि जितेर हृयाटि्रक गरिसकेको संगमले उपाधि रक्षा गर्ने क्रममा पहिलो र दोस्रो हाफमा गोलको सामना गरेको थियो । अन्तिम समयमा एक गोल फर्काएपनि खेलमा र्फकन संगमलाई ढिलो भइसकेको थियो । नजानिदो रुपमा खेलको ३१ औं मिनेटमा पहिलो खाँदा केही अत्तालिएको संगमले दोस्रो गोल खेलको ६६ ओं मिनेट अर्को गोल सहनुपर्दा प्रतियोगिताको पहिलो खेल नै अन्तिम बन्यो । ड्यामसाइडका लागि खेलको ३१ औं मिनेटमा पर्वत गुरुङले गोलको खाता खोल्दै अग्रता दिलाएका थिए । पहिलो गोलबाट दवदवा सृजना गरेको ड्यासाइडले दोस्रो गोल भने मिनेटपछि गर्‍यो । राजन अधिकारीले ६६ औं मिनेटमा गरेको गोल अन्तिम बन्यो । उनको गोलसँगै २-१ को जित दर्ता गरेको ड्यामसाइड भने क्वार्टरफाइनलमा प्रवेश गरेको छ । उता संगमका लागि अन्तिम ८० औ. मिनेटमा पुण गुरुङले गोल फर्काउँदै आशा देखाएपनि रेपीले खेल टुंगिएको सिटी फुकिदिए । भिरालो र नमिलेको मैदानमा निकै स्तरीय खेल प्रस्तुत गरेको संगमले २१ औं सस्करणमा स्थानीय दर्शकको मन जित्न कुनै उल्लेख्य प्रहार भने गर्न सकेनन् । १८ औं, १९ औं र २० औं आमन्त्रण नकाउट फुटबल प्रतियोगिताको उपाधि उचालेको संगमले २१ औं संस्करणको उपाधि रक्षा गर्न हरप्रयास गरेपनि हरेक प्रयास विफल बनेको थियो । नगण्य रुपमा विपक्षीको गोलपोष्टमा प्रहार गरेपनि सही सदुपयोग नहुदाँ सपना साकार गर्नबाट बन्चित बन्नुपरेको हो । सधै उपाधि उचाल्ने अभिलाषा सहित मैदान उत्रने ड्यामसाइडले तीनपटकको विजेतलाई पन्छाउँदै अगाडि बढेपछि थप हौसला मिलेको अनुभूति गरेको छ । किसन गौचनको नेतृत्वमा मैदान उत्रिएको ड्यामसाइडले संगमलाई पहिलो हाफमा पुण रुपमा नियन्त्रणमा राखेको थियो । दोस्रो हाफमा गोल गर्न हतारिएको संगमले दोस्रो गोलको सामना गरेपछि थप दवाव भोग्नुपरेको थियो । आदर्श युवा क्लबको आयोजनामा सञ्चालित क्लबस्तरीय आमन्त्रण नकाउट फुटबल प्रतियोगिताको सोमबारको खेल सैनिक ११ सैनिकबस्ती लेखनाथ र रामघाट व्वाइज क्लब ए बीच खेल हुने छ । दुवै टोली प्रतियोगिताको लागि एकापसमा पहिलो पटक भिड्दै छन् ।


Post your comments here
समाचार
पोखरा, १६ मंसिर/नेपाल आदर्श आवासिय विद्यालय एघारौं प्याब्सन स्पोर्टस मिट अर्न्तर्गत छात्र तर्फो फुटबलको उपाधि नजिक पुगेका छन् । सोमबार पोखरा रंगशालामा सम्पन्न सेमिफाइनलमा लोट्स एकेडेमीलाई २-० ले पराजित गर्दै उपाधि निकट पुगेको हो ।
१६ मङ्सिर,काठमाडौं/ प्रमुख तीन दलहरूबीच एक दुई दिनभित्रै सरकार सञ्चालनका लागि बन्ने उच्चस्तरीय राजनीतिक समितिलाई पूर्णता दिने सहमति भएको छ । सोमबार प्रधानमन्त्री निवास ...
१६ मंसिर, चितवन/ हात्तीपोलो खेलको २७ औ अन्तर्राष्ट्रिय प्रतियोगिता औपचारीक रुपमा आजबाट चितवनको मेघौलीमा शुरु भएको छ । टाईगर टप्स जङ्गल लज प्रा.लिको आयोजनामा हरेक बर्ष ....
लहान, १६ मङ्सिर/ आइतबार राति सिरहा जिल्लाको सिलोर्वा पछवारी गाविस- ८ मा सशस्त्र समूह र गाउँलेहरुको बीचमा भिडन्त हुँदा दुइ जनाको मृत्यु भएको छ । मधेसी मुक्ति टाइगर्सका पाँच-सात....
डडेल्धुरा, १६ मङ्सिर/ कैलालीका पत्रकार जेपी जोशीको हत्याको विरोधमा आज नेपाल पत्रकार महासङ्घ डडेल्धुराले जिल्ला प्रशासन कार्यालयमार्फ प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
१६ मंसिर, इटहरी/ संघीय लिम्बूवान परिषद्का कार्यकर्ताहरुले सभाध्यक्ष सुभाषचन्द्र नेम्वाङ्गलाई डेढघण्टादेखि नियन्त्रणमा लिएर छोडेका छन् । आफूले अध्ययन गरेको इलामको आदर्श नमुना ...