एकराज गिरि/पोखरा ८ भाद्र,सहारा क्लव पोखराको आयोजनामा संचालन भईरहेको कास्की जिल्ला ब्यापी तेस्रो विद्यालय स्तरिय शहिद भीसेन दाहाल स्मृति रनिङग कप फुटवल प्रतियोगिता अर्न्तगत आईतबार सात खेलहरु सम्पन्न भएका छन ।
आईतबार भएको पहिलो खेलमा लोटस एकेडेमीलाई ४ का बिरुद्ध ५ गोलले पराजित गदै साइनिङ स्टार बोडिङ स्कुल दोस्रो चरण प्रवेश गरेको छ । निर्धारित ७० मिनेटको समयामा दुई विद्यालयले एक एक गोल गरेपछि खेल निणायार्थ र्टाईब्रेकरमा पुगेको थियो । र्टाईब्रेकरमा पनि खेल चार चार गोलको बरावरी मा टुङगीय पछि पून खेल सडन डेथमा पुगेको थियो ।सडनडेथमा लोटस एकेडेमि स्कुललाई ४ का बिरुद्ध ५ गोलले पराजित गदै साइनिङ स्टार बोडिङ स्कुल दोस्रो चरण प्रवेश गरेको हो । खेलमा साइनिङग स्टार बोडिङ स्कुलका राजकुमार पुनले दुई ओटा पहेलो कार्ड खादै खेल बाट बाहिरीएका थिए । भने खेलको सफल म्यान अफद म्याच लोटस एकेडेमिका टंक गुरुङ भए ।
दोस्रो खेलमा पोखरा क्यामरिज बोडिङ स्कुललाई १ गोलका विरुद्ध २ गोलले पराजित गदै शिसुनिकेतन बोडिङ स्कुल दोस्रो चरण प्रवेश गरेको छ । खेलको सफल म्यान अफद म्याचको उपाधि शिशुनिकेतनका सौरभ कार्कीले हात पारे ।त्यसैगरि तेस्रो खेलमा सरस्वती बोडिङ स्कुललाई ० का बिरुद्ध ८ गोलको भारी गोल अन्तरले पराजित गदै न्यू मुनलाईट बोडिङ स्कुल विजयी भएको छ । न्यू मुनलाईट विजयीसंगै दोस्रो चरण प्रवेश गरेको छ । उक्त खेलको सफल म्यान अफद म्याच न्यू मुनलाईटका विधान कार्की भए ।
चौथो खेलमा सोसियल पब्लिकले दुई टिम प्रतियोगितामा उतादा आफनै बिद्यालयको ए र बी बीच भएको खेलमा ए लाई ० का बिरुद्ध ७ गोलको फराकिलो अन्तरले पराजित गदै दोस्रो चरण प्रवेश गरेको छ । खेलको सफल म्यान अफद म्याच सोसियल पब्लिक बीकै सुनिल विक भए ।
पाचौ खेलमा वेसलाइन बोडिङ स्कुललाई ० का बिरुद्ध २ गोलले पराजित गदै रत्नज्योति बोडिङ स्कुल विजयी हुदै दोस्रो चरण प्रवेश गरेको छ । उक्त खेलको म्यान अफद म्याच रत्नज्योतिका आशिष खड्का भए ।
प्रतियोगिताको छैटौ खेलमा प्रगति बोडिङ स्कुललाई र्टाईब्रेकरमा ४ का बिरुद्ध ५ गोलले पराजित गदै पार्दी मावि विजयी भएको हो । विजयी पार्दी मावि प्रतियोगिताको दोस्रो चरण प्रवेश गरेको छ । खेलमा सफल म्यान अफद म्याचको उपाधि प्रगति बोडिङ स्कुलका अमन श्रेष्ठले हात पार्न सफल भएका थिए ।
प्रतियोगिताको सातौ खेलमा शिवशक्ति माविलाई ० शुन्यका बिरुद्ध २ गोलले पराजित गदै दोस्रो चरण प्रवेश गरेको छ । प्रतियोगिताको सफल म्यान अफद म्याचको उपाधि शिवशक्ति माविका सुवास विकले हात पारे । सोमबार प्रतियोगिताका सात खेल संचालन हुने आयोजकले बताएको छ ।
