धन बस्नेत/पोखरा, ९ भदौ/नौलो प्रतियोगि सैनिक बस्ती ११ लाई पन्छाउदै पोखराको रामघाट व्वाइज क्लब ए सोमबार सेमिफाइनलमा प्रवेश गरेको छ । नया मैदानमा दुवै टोली पहिलो पटक एकापसमा भिड्दा रामघाटले सैनिक बस्तीमाथि ४-० को फराकिलो गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा आफनोस्थान पक्का गरेको हो ।
प्रतियोगिताको लागि दुवै नयाँ टोली । नौलो प्रतिस्पर्धी भएकोले पनि दुबैको खेलस्तर आँकलन गर्न निकै कठिनाई भएको थियो । खेलमैदान भन्दा केही पर रहेकेा सैनिक ११ लाई एघार किलोमिटर वरको रामघाट एले सहज पन्छाउन लक्ष्मण हिताङको महत्वपुर्ण दुई गोल रहृयो । खेल शुरु भएको पहिलो ६ मिनेटमा विरे थापाको गोलबाट अग्रता लिएको रामघाटले लगातार रुपमा दवाव सृजना गर्दै खेल एकपक्षिय रुपमा अगाडि बढाएको थियो । पहिलो गोलको ६ मिनेटपछि खेलको १२ औं मिनेटमा अर्को थपियो । लक्ष्मण हिताङले रामघाटको लागि दोस्रो गोल गर्दै गोल अन्तर बढाउँदा खेल हर्ेन पुगेका दर्शक समेत मनसमेत प्रफुल्लित हुन सकेन् ।
लगातार एकपक्षिय जस्तै बनेको उक्त खेलमा टिकट काटेर फुटबल हेर्न पुगेका दर्शकले गुणस्तरीय फुटबलको स्वाद लिन नपाउँदा खिन्न बने । दुई गोलले पछि परेको लेखनाथको सैनिक बस्तीले पहिलो हाफको अन्तिम समयमा तेस्रो खोल खाँदा ३-० को अग्रतासँगै खेलको पहिलो पुरा भएको थियो । तेस्रो गोल राजु गुरुङले ४० औं मिनेटमा गरेका थिए ।
स्थानीय क्षेत्रकै खेलाडीहरु समावेश भई प्रतियोगितामा पहिलो अनुभव सँगाल्न मैदानमा छिरेका सैनिक बस्तीले अन्तिम गोल भने ७३ औं मिनेटमा सामना गरेको थियो । लक्ष्मण हिताङले रामघाटका लागि चौथो तथा व्यक्तिगत दोस्रो गोल गर्दै गोल अन्तर फराकिलो बनाए । सैनिक बस्तीले रामघाटको पोष्टमा प्रहार गर्ने अवसर भने मौका नै पाएनन् । पहिलो हाफमै लगातार गोलको सामना गरेपछि गोल रोक्नु नै उत्तम ठान्दै रक्षात्मक रणनीतिमा खेल्दा दोस्रो हाफमा भने केवल एक गोलको मात्रै खाएको थियो । आदर्श युवा क्लब भण्डारढीकको आयोजनामा हरितालिका तिजको अवसरमा आयोजित २१ औं आमन्त्रण नकाउट फुटबल प्रतियोगिता अर्न्तर्गत मंगलबार आयोजक आदर्श एकेडेमी र रामघाटकै बी समुह बीच प्रतिस्पर्धा हुने छ ।
