पोखरा ९ भदौ/ वर्षदिनको अवधिमा फुटवल तर्फनयाँ विद्यालयहरु उद्य भएका छन । पोखरा उपमहानगर पालिका १४ चाउथे रामेश्वरी माविले डिफेन्डीङ च्याम्पीयन ज्ञानकुन्जलाई सनसनीपुर्ण पराजित गर्दै फुटबल क्षेत्रमा नयाँ विद्यालयको रुपमा आफुलाई प्रस्तुत गरेको छ । रामेश्वरीले ज्ञानकुन्जलाई १-० ले हराउँदै प्रिर्क्वाटर फाइनलमा प्रवेश पाएको छ । ज्ञानकुन्ज राजधानीमा सञ्चालित विद्यालयस्तरीय कोकाकोला कप फुटबल प्रतियोगितामा तृतीय बन्दै ५० हजार नगद जितिसकेको टोली हो भने शहीद कपको पनि साविक विजेता हो । साविक विजेता ज्ञानकुन्जलाई पराजित गर्न रामेश्वरीका प्रदीप तामाङ नायक बने । उनले खेलको १० औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाँउदा त्यो नै निर्णायक गोल बन्दा ज्ञानकुन्जको यात्रामा पुर्णविराम लागेको हो । सहारा क्लव पोखराको आयोजनामा संचालन भईरहेको कास्की जिल्लाब्यापी तेस्रो विद्यालय स्तरिय शहिद भीमसेन दाहाल स्मृति रनिङ्ग कप फुटवल अर्न्तगत तेस्रो दिनको खेलबाट शान्ति निकुन्ज पनि प्रतियोगिताको उपाधिको प्रवल दावेदारीको रुपमा देखिएको छ । शान्ति निकुन्जले ताराकुन्जलाई ३-१ गोल अन्तरले पराजित गर्यो । शान्तिका पर्वत गुरुङ म्यान अफ दि म्याच घोषित भएका छन् ।
आईतबार भएको खेलमा टप्स उच्चमाविले पास्कल एकेडेमीलाई ० का बिरुद्ध ५ गोलका फराकिलो गोल अन्तरले पराजित गदै दोस्रो चरण प्रवेश गरेको छ । टप्स र पास्कल बिचको खेलमा पास्कल एकेडेमिका संजय केसीले डबल एलो कार्ड खादै खेलबाट बाहिरीएका थिए । भने टप्का प्रदिप गुरुङ सफल म्यान अफद म्याच भए । अर्को खेलमा सिद्धिविनायक उच्चमाविलाई १ का बिरुद्ध ६ गोलको अन्तरले पराजित गदै कालिका उच्चमावि दोस्रो चरणको लागि यात्रा सुनिश्चित बनाएको छ । खेलमा सफल म्यान अफद म्याचको उपाधि कालिकामाविका प्रवेश रानाले हात पारे । तेस्रो खेलमा शान्तीदिप बोडिङ स्कुललाई ० का बिरुद्ध १ गोललको झिनो अन्तरले पराजित गदै सहारा एकेडेमी दोस्रो चरणमा प्रबेश गरेको छ । उक्त खेलको सफल म्यान अफद म्याच सहारा एकेडेमीका विशाल लामा भए । त्यसैगरि अमरसिहं उच्च माविले ० का बिरुद्ध ५ गोलको भारी अन्तरले गुरुकुल विद्याश्रमलाई पराजित गदै अमरसिहं दोस्रो चरण प्रवेश गरेको छ । खेलको म्यान सफल अफद म्याच अमरसिंहका खड्ग कार्की भए । यसैगरी भाष्कर मेमोरियल र स्पाइरल ग्यालेक्सी बीचको खेलमा स्पाइलर ग्यालेक्सीले जित हासिल गर्दै प्रिक्वार्टर फाइनलमा प्रवेश गरेको छ । ग्यालेक्सीले भाष्करलाई २-१ ले पराजित गर्दा खेलको सफल म्यान अफ दि म्याच ग्यालेक्सीका तेन्जिङ वाङदेल भएका थिए । मंगलबार पनि प्रतियोगिताको सात खेल सम्पन्न हुने आयोजक सहारा क्लवले जानकारी दिएको छ ।
