२६ अगष्ट, २००८
दोस्रो उपत्यकाव्यापी पैँयाटार तेक्वान्दो प्रतियोगिता सम्पन्न
पोखरान्युज डट कम डट एन्पी
पोखरा

भदौ १०,काठमाण्डौं/ अखिल नेपाल तेक्वान्दो एकेडेमी अन्तर्गत सञ्चालित पैँयाटार तेक्वान्दो डोजाङको आयोजनामा पैँयाटार , कपनमा भाद्र ७ गते शनिवार दोस्रो उपत्यकाव्यापी पैँयाटार तेक्वान्दो प्रतियोगिता सम्पन्न भयो। जुनियर पुरुष तथा महिला समूहमा गरी कुल १५ तौल समूहमा पूर्व निर्धारित कार्यक्रम अनुसार प्रतियोगिता सञ्चालन गरिएको थियो। प्रतियोगिताको दौरान २० के.जी. भन्दा कम तौल रहेका छात्राहरुको प्रतियोगितामा सहभागीहुने तिव्र चाहनालाई ध्यानमा राखी खेल प्रवर्द्धनका निम्ति छात्राहरुको २० के.जी. भन्दा कम तौल समूह थपिएको थियो। अखिल नेपाल तेक्वान्दो एकेडेमी आवद्ध पशुपति तेक्वान्दो डोजाङ गौशाला, शहिद गंगालाल तेक्वान्दो डोजाङ  शोभा भगवती, ह्वाइटफिल्ड एकेडेमी क्षेत्रपाटी, बु्रकफिल्ड एकेडेमी सिनामंगल, नवजिवन शिशु निकेतन -कोटेश्वर, सगरमाथा विद्या मन्दिर -मित्रपार्क, अल्पाइन साम्भवी स्कुल - गौशाला, शारदा एकेडेमी - पैँयाटार र आयोजक पैँयाटार डोजाङका गरी जम्मा ११५ जना खेलाडीहरुले कुल ६४ पदकका लागि प्रतिष्पर्धा गरेका थिए। पुरुष तर्फ २० के.जी भन्दा तलको तौल समूहमा ब्रुकफिल्ड एकेडेमीका सुजित यादवले अल्पाइन साम्भवीका छात्र रितेश पौडेललाई पराजित गर्दै स्वर्ण पदक प्राप्त गरेका थिए भने पशुपतिका विप्लव लामा र शहिद गंगालालका अरुण देउलाले कास्य पदक प्राप्त गरे। त्यसैगरी २० देखि २३ के.जी.तौल समूहमा शारदा एकेडेमीका दिपेश मगरले स्वर्ण, ह्वाइटफिल्डका अभिशेष श्रेष्ठले रजत, सगरमाथाका सरोज खड्का र ह्वाइटफिल्डका मनकुमार लामाले कास्य पदक प्राप्त गरे। २३-२६ केजी समूहमा पशुपति डोजाङका सुमन श्रेष्ठले स्वर्ण, सगरमाथाका विराज डंगोलले रजत, ह्वाइटफिल्डका निकेश महर्जन र अल्पाइन साम्भवीका विपिन खड्काले कास्य पदक प्राप्त गरे। २६-२९ केजी तौल समूहमा पशुपति डोजाङका अमृत शर्माले स्वर्ण, ब्रुकफिल्डका डेविट रानामगरले रजत, सगरमाथाका भिमसेन मरहट्टा र शहिद गंगालालका दिपेश महर्जनले कास्य पदक प्राप्त गरे। २९-३२ केजी तौल समूहमा शहिद गंगालालका सन दर्शनधारीले स्वर्ण, अल्पाइन साम्भवीका विनोद राईले रजत, सगरमाथाका विक्रम दाहाल र ब्रुकफिल्डका विशाल मल्लले कास्य पदक प्राप्त गरे। ३२-३५ केजी तौल समूहमा शहिद गंगालालका विकास पुलामीले स्वर्ण, पशुपतिका रामप्रसाद रेग्मीले रजत, पशुपतिका उज्ज्वल खड्का र ह्वाइटफिल्डका दिवेश महर्जनले कास्य पदक प्राप्त गरे। ३५-३८ केजी तौल समूहमा पैँयाटारका एन्जेल लामाले स्वर्ण, ह्वाइटफिल्डका सुसन महर्जनले रजत, नवजिवन शिशु निकेतनका मरिम पराजुली र अल्पाइन साम्भवीका अदानन सामदले कास्य पदक प्राप्त गरे। ३८-४२ केजी तौल समूहमा पशुपतिका विवश उदासले स्वर्ण, शहिद गंगालालका मिलन श्रेष्ठले रजत, पशुपतिका अभिनाष शर्मा र नवजिवनका कुशल बस्नेतले कास्य पदक प्राप्त गरे। ४२-४६ केजी तौल समूहमा पैँयाटारका विमल के।शीले स्वर्ण, पशुपतिका प्रदिप डंगोराले रजत, नवजिवनका दिपेश बस्नेत र सारदा एकेडेमीका विशाल मगरले कास्य पदक प्राप्त गरे। ४६-५० केजी तौल समूहमा पैँयाटारका विवेक परियारले स्वर्ण, पशुपतिका परिवेश कोइरालाले रजत, नवजिवनका समीर थापा र शारदाका रमेश लामाले कास्य पदक प्राप्त गरे। छात्रा तर्फ २८-३१ केजी तौल समूहमा ह्वाइटफिल्डका सनिसा पुजारी, डोल्मा शेर्पा, सञ्चिता आचार्यले क्रमशः स्वर्ण, रजत र कास्य पदक प्राप्त गरे भने यसै तौल समूहको अर्को कास्य पदक सगरमाथाका पुजा कार्कीले प्राप्त गरिन्। ३१-३४ केजी तौल समूहमा पशुपतिकी अस्मिता कार्कीले स्वर्ण, नवजिवन शिशु निकेतनकी रञ्जिता गौतमले रजत र अल्पाइन साम्भवकी आङडाली शेर्पाले कास्य पदक प्राप्त गरिन्। ३४-३७ केजी तौल समूहमा ह्वाइटफिल्डकी दिक्षा अधिकारीले प्रथम स्थान हासिल गर्दै स्वर्ण पदक प्राप्त गरिन्। ३७-४० केजी तौल समूहमा पैँयाटारकी सविना बुढाथोकीले प्रथम स्थान हासिल गरिन्। यसैगरी ४०-४४ केजी तौल समूहमा पशुपतिकी माया देउलाले स्वर्ण, पशुपतिकै सविना लम्सालले रजत, नवजिवन शिशु निकेतनकी समी वाग्ले र सगरमाथाकी योजना भट्टराइले कास्य पदक प्राप्त गरिन्। २० केजी भन्दा तलको समूहमा भने ह्वाइटफिल्डकी नम्रता नेपालीले प्रथम र पशुपतिकी रोशनी श्रेष्ठले द्वितीय स्थान हासिल गर्न सफल भइन्। प्रतियोगितामा पुरुष तर्फ २० केजी भन्दा कम तौल समूहमा प्रतिष्पर्धा गर्ने ४ वर्षीय विप्लव लामा र ६ वर्षीय रितेश पौडेलको प्रतिष्पर्धा आकर्षणको केन्द्रविन्दु बनेको थियो। उक्त प्रतियोगितामा ५ स्वर्ण, ६ रजत र ३ कास्य सहित कुल १४ पदक प्राप्त गरी पशुपति डोजाङले प्रथम स्थान हासिल गर्न सफल भयो भने ४ स्वर्ण प्राप्त गरी आयोजक पैँयाटार डोजाङ दोस्रो, ३ स्वर्ण सहित ह्वाइटफिल्ड तेस्रो, २ स्वर्ण सहित शहिद गंगालाल चौथो, १ स्वर्ण सहित बु्रकफिल्ड पाँचौ र शारदा एकेडेमी, अल्पाइन साम्भवी क्रमशः छैटौ सातौं र पदक तालिकामा समान रहने नवजिवन शिशु निकेतन तथा सगरमाथा विद्या मन्दिर आठौं स्थानमा रहे। प्रतियोगितामा बेष्ट फाइटरको उपाधि अल्पाइन साम्भवीका रोहित तामाङले र बेष्ट डिसिप्लिन टिमको उपाधि सगरमाथा विद्या मन्दिरले प्राप्त गर्न सफल भयो।

 


Post your comments here
समाचार
पोखरा, १६ मंसिर/नेपाल आदर्श आवासिय विद्यालय एघारौं प्याब्सन स्पोर्टस मिट अर्न्तर्गत छात्र तर्फो फुटबलको उपाधि नजिक पुगेका छन् । सोमबार पोखरा रंगशालामा सम्पन्न सेमिफाइनलमा लोट्स एकेडेमीलाई २-० ले पराजित गर्दै उपाधि निकट पुगेको हो ।
१६ मङ्सिर,काठमाडौं/ प्रमुख तीन दलहरूबीच एक दुई दिनभित्रै सरकार सञ्चालनका लागि बन्ने उच्चस्तरीय राजनीतिक समितिलाई पूर्णता दिने सहमति भएको छ । सोमबार प्रधानमन्त्री निवास ...
१६ मंसिर, चितवन/ हात्तीपोलो खेलको २७ औ अन्तर्राष्ट्रिय प्रतियोगिता औपचारीक रुपमा आजबाट चितवनको मेघौलीमा शुरु भएको छ । टाईगर टप्स जङ्गल लज प्रा.लिको आयोजनामा हरेक बर्ष ....
लहान, १६ मङ्सिर/ आइतबार राति सिरहा जिल्लाको सिलोर्वा पछवारी गाविस- ८ मा सशस्त्र समूह र गाउँलेहरुको बीचमा भिडन्त हुँदा दुइ जनाको मृत्यु भएको छ । मधेसी मुक्ति टाइगर्सका पाँच-सात....
डडेल्धुरा, १६ मङ्सिर/ कैलालीका पत्रकार जेपी जोशीको हत्याको विरोधमा आज नेपाल पत्रकार महासङ्घ डडेल्धुराले जिल्ला प्रशासन कार्यालयमार्फ प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
१६ मंसिर, इटहरी/ संघीय लिम्बूवान परिषद्का कार्यकर्ताहरुले सभाध्यक्ष सुभाषचन्द्र नेम्वाङ्गलाई डेढघण्टादेखि नियन्त्रणमा लिएर छोडेका छन् । आफूले अध्ययन गरेको इलामको आदर्श नमुना ...