२७ अगष्ट, २००८
दमौलीको हैरान्स पहिलो खेलबाटै विदाई
पोखरान्युज डट कम डट एन्पी
पोखरा

पोखरा, ११ भदौ/पहिलो पटक प्रतियोगितामा सहभागिता जनाएको पाहुना टोली हैरान्स क्लब दमौली बुधबार पराजित हुदैं २१ औं क्लबस्तरीय आमन्त्रण नकाउट फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । स्थानीय भण्डारढीस्थित खेलमैदानमा सम्पन्न प्रतिस्पर्धामा हैरान्स क्लब पोखरा विश्वविद्यालयसित प्रतिस्पर्धात्मक १-० ले हार व्यहोर्दै क्वार्टर फाइनल पुग्नबाट बञ्चित भएको हो ।

आदर्श युवा क्लब भण्डारढीकको आयोजनामा सञ्चालित उक्त प्रतियोगिताको बुधबारको खेलमा गोपाल गुरुङले गरेको गोल नै निर्णायक बनेको थियो । खेलको २० औं मिनेटमा उनले गोल गर्दै पोखरा विश्वविद्यालयलाई क्वार्टरफाइनलमा पुर्‍याएका हुन् । हैरान्स क्लबले गत साउनमा आफैले आयोजना गरेको अञ्चलस्तरीय फुटबल प्रतियोगितामा समेत पराजित भएको थियो । आबुँखैरेनीमा भएको अञ्चलस्थित फुटबलमा कास्कीजिल्ला फुटबल संघको पोखरा ११ सित ४-१ को नतिजाबाट पराजित भएको थियो । क्लब गठन लगत्तै प्रतियोगित सञ्चालन र सम्पन्न लगत्तै पहिलोपटक सहभागिता जनाएको हैरान्सले शुरुदेखि नै पोखरा विश्वविद्यालयको दवावलाई निस्प्रभाव बनाउन तल्लिन थियो ।

निकै दवावमा राखेको पोखरा विश्वविद्यालयले हैरान्स क्लबको रक्षापंक्तिमा तोड्न प्रयास गरेपनि विफल बन्दै आएको थियो । अधिकतम समय डिफेन्स लाइनमा मात्रै झुम्मिएको हैरान्सले पोखरा विश्वविद्यालयको पोष्टमा भने जुझारु र हेर्न लायक प्रहार गर्नबाट चुकेको थियो । पाएका केही राम्रा अवसरहरु पनि अग्रपंक्तिका खेलाडीले आधा दर्जन प्रहारलाई फिनिसिङ गर्नबाट चुकेपछि पाहुना टोली हैरान्स प्रतियोगिताबाट बाहिरिनुपरेको थियो । अञ्चलस्तरीय फुटबल प्रतियोगिता सम्पन्न गरेको महिना दिनसम्म पनि आराम गर्न नपाँउदै भण्डारढीकको खेलमैदानमा उत्रिएको हैरान्सका खेलाडीको शारिरीक र मानसिक रुपमा निकै थकित देखिन्थे । थकित मुद्रामा उपस्थित भएका खेलाडीहरुले रक्षात्मक रणनीति अबलम्बन गरेको थियो ।

त्यसो त पोखरा विश्वविद्यालयले बल अधिकांश समय आफनो पक्षमा पारेपनि हैरान्सका विपक्षीलाई कटाउन गरेको हरेक प्रयास विफल हुदाँ गोलको अन्तर बढाउन सकेको थिएन् । बिहीबारको खेल आयोजक आदर्श एकेडेमी र अमरसिंह व्वाइज क्लब बीच हुने छ । आयोजक एकेडेमीले यसअघि रामघाट बीलाई पराजित गर्दै क्वार्टर फाइनल प्रवेश गरेको हो भने अमरसिंह व्वाइज क्लबले बाई पाएर सोझै क्वार्टरफाइनल खेल्ने भएको हो ।
 


Post your comments here
समाचार
पोखरा, १६ मंसिर/नेपाल आदर्श आवासिय विद्यालय एघारौं प्याब्सन स्पोर्टस मिट अर्न्तर्गत छात्र तर्फो फुटबलको उपाधि नजिक पुगेका छन् । सोमबार पोखरा रंगशालामा सम्पन्न सेमिफाइनलमा लोट्स एकेडेमीलाई २-० ले पराजित गर्दै उपाधि निकट पुगेको हो ।
१६ मङ्सिर,काठमाडौं/ प्रमुख तीन दलहरूबीच एक दुई दिनभित्रै सरकार सञ्चालनका लागि बन्ने उच्चस्तरीय राजनीतिक समितिलाई पूर्णता दिने सहमति भएको छ । सोमबार प्रधानमन्त्री निवास ...
१६ मंसिर, चितवन/ हात्तीपोलो खेलको २७ औ अन्तर्राष्ट्रिय प्रतियोगिता औपचारीक रुपमा आजबाट चितवनको मेघौलीमा शुरु भएको छ । टाईगर टप्स जङ्गल लज प्रा.लिको आयोजनामा हरेक बर्ष ....
लहान, १६ मङ्सिर/ आइतबार राति सिरहा जिल्लाको सिलोर्वा पछवारी गाविस- ८ मा सशस्त्र समूह र गाउँलेहरुको बीचमा भिडन्त हुँदा दुइ जनाको मृत्यु भएको छ । मधेसी मुक्ति टाइगर्सका पाँच-सात....
डडेल्धुरा, १६ मङ्सिर/ कैलालीका पत्रकार जेपी जोशीको हत्याको विरोधमा आज नेपाल पत्रकार महासङ्घ डडेल्धुराले जिल्ला प्रशासन कार्यालयमार्फ प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
१६ मंसिर, इटहरी/ संघीय लिम्बूवान परिषद्का कार्यकर्ताहरुले सभाध्यक्ष सुभाषचन्द्र नेम्वाङ्गलाई डेढघण्टादेखि नियन्त्रणमा लिएर छोडेका छन् । आफूले अध्ययन गरेको इलामको आदर्श नमुना ...