पोखरा, २६ कार्तिक/माउण्ट अन्नपुर्ण उच्चमाविको आयोजनामा भोलि बिहीबारदेखि पोखरामा यु १४ छात्र/छात्रा हृयाण्डबल प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला हृयाण्डबल संघको प्राविधिक सहयोगमा पोखरा रंगशालाभित्र नवनिर्मित हृयाण्डबल कोर्टमा हुने छ । प्रतियोगिताको आवश्यक तयारी पुरा भइसकेको छ ।
विद्यालयस्तरदेखि नै हृयाण्डबलको विकास गर्ने उद्देश्यसहित २८ गतेदेख ३० गतेसम्म प्रतियोगिता आयोजना गरिएको नेपाल हृयाण्डबल संघका अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिनुभयो । प्रतियोगिता लिगकम नकाउटको आधारमा खेलाइने छ । प्रतियोगितामा छात्र तर्फ९ र छात्रा तर्फ९ को सहभागिता रहने छ ।
कास्की जिल्ला हृयाण्डबल संघले लामो समयदेखि अभाव रहदैं आएको कोर्टको निर्माण समेत गरेको छ । विभिन्न संघसंस्थाको झण्डै ६० हजार आर्थिक सहयोगमा रंगशालाको पुर्वतर्फहृयाण्डबल कोर्ट तयार भएको छ । कोर्टको लागि कालिका गणले श्रमदान समेत गरेको थियो ।
प्रतियोगितामा विभिन्न ७ जना खेलाडीलाई उत्कृष्टताबाट सम्मान गरिने छ भने विजयी विद्यालयलाई ३, २ र १ हजार रुपियाँसहित ट्रफी प्रदान गरिने छ ।