२७ कार्तिक ,गोरखा/ विभिन्न खेल प्रतिस्पर्धा गर्दै गोरखा खेलकुद महोत्सव २०६५ सम्पन्न भएको छ। नेपाल गणतान्त्रिक खेलकुद महासंघ गोरखाले हरमटारीस्थित खेलमैदानमा आयोजना गरेको महोत्सवमा एथलेटिक्स र भलिबलका प्रतियोगिता भएका थिए। जिल्लास्तरीय खुला भलिबलमा जनसहारा युवा क्लब प्रथम भएको थियो। ८ टिम सहभागी भएकोमा बोर्लाङ गाविस द्वितीय र सुर्यज्योति मावि तार्कुकोट तृतीय भएका छन्। महिला भलिबलतर्फरत्नेश्वर उच्च माविले प्रथम र ज्ञानमार्ग उच्च माविले द्वितीय स्थान पाए। दौडको ४ किमिमा २० मिनेट ४ सेकेन्डमा दूरी पार गर्दै मिस्टर बोगटीले उपाधि जितेका छन्।
७ खेलाडीमा कृष्ण श्रेष्ठ द्वितीय र रोशन थापामगर तृतीय भएका छन्। हाइजम्पमा सन्दीप तामाङ, दीपेन्द्र देवकोटा र कृष्ण पौडयाल तथा लङजम्पमा सन्दीप तामाङ, किसान गुरुङ र मानबहादुर थापामगर प्रथम, द्वितीय र तृतीय भएका छन्। सटपुटमा मीनबहादुर गुरुङ प्रथम, सुदीपचन्द्र ढकाल द्वितीय र धनबहादुर भुजेल तृतीय भएका छन।