२८ कार्तिक,लन्डन/ आर्सेका प्रतिभावान् किशोरहरूले सनसनीपूर्ण रूपमा लिग कपको क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्ने क्रममा मंगलबार इङ्लिस प्रिमियरसिपको प्रतिद्वन्द्वी विगान एथलेटिकलाई ३-० ले पराजित गरेको छ । अघिल्लो चरणमा सेफिल्ड युनाइटेडलाई ६-० को फराकिलो अन्तरमा पराजित गरेको आर्स वेंगरको टोली मंगलबार तीन दिनअघि म्यानचेस्टर युनाइटेडलाई हराउँदाको टोलीमा ११ वटा परिवर्तनका साथ उत्रिएको थियो। घरेलु इमिरेट्स रंगशालामा आर्सेको जितमा जय सिम्पसनले २ तथा कार्लोस भेलाले १ गोल गरेका थिए। कार्लोस टेभेजले गरेको पेनाल्टी गोलमा च्याम्पियनसिपको टोली क्विन्स पार्क रेर्न्जर्सलाई १-० ले हराउँदै म्यानचेस्टर युनाइटेड पनि क्वार्टरफाइनलमा प्रवेश गर्यो।
सेफिल्ड युनाइटेडविरुद्धको खेलपछि मैले भनेको थिएँ कि, हामीसँग भएका युवाहरूमा यही सर्वोत्कृष्ट टोली होТ -आर्सेका प्रशिक्षक आर्से वेंगरले भने। टोलीका लागि २ गोल गरेका १६ वषीय सिम्पसन आर्सेको टोलीबाट पहिलो रोजाइमा खेल्ने ८ किशोरमध्ये एक हुन्। मध्यान्तर हुन केही समय मात्र बाँकी रहँदा १६ वर्षा मिडफिल्डर ज्याक │विलसियरको पासमा खाता खोलेका सिम्पसनले ६६औं मिनेटमा दोस्रो गोल गरेका थिए। त्यस्तै टोलीका लागि अर्को गोल गर्ने भेला १९ बर्षिय मेक्सिकन स्ट्राइकर हुन्। सेफिल्ड युनाइटेडलाई हराउँदा पनि भेलाले ह्ययट्रीक गरेका थिए।
लिग कपअर्न्तर्गत सोही रात सम्पन्न अन्य खेलमा ग्लेन │वेलान र डानी पगको गोलमा इङ्लिस प्रिमियरसिपको टोली स्टोक सिटीले चौथो श्रेणीको प्रतिद्वन्द्वी रोथेरहाम युनाइटेडलाई २-० ले पराजित गर्यो। त्यस्तै वाटफोर्डले च्याम्पियनसिपको प्रतिद्वन्द्वी स्वान्सी सिटीलाई १-० ले हरायो भने च्याम्पियनसिपकै टोली र्डर्बी काउन्टीले तेस्रो श्रेणीको लिड्स युनाइटेडलाई २-१ ले निराश पार्यो।