पोखरा, २८ कार्तिक/माउण्ट अन्नपुर्ण उच्चमाविको आयोजनामा बिहीबारदेखि पोखरामा यु १४ छात्र/छात्रा हृयाण्डबल प्रतियोगिता शुरुभएको छ । विद्यालयस्तरदेखि नै हृयाण्डबलको विकास गर्ने उद्देश्यसहित २८ गतेदेख ३० गतेसम्म प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको उदघाटन दिनमै आयोजक माउण्ट अन्नपुर्ण प्रतियोगिताबाट बाहिरिएको छ । पोखरा रंगशालामा नवनिर्मित कोर्टमा छात्र तर्फो खेलमा आयोजक अन्नपुर्ण सरस्वती विद्याश्रमसित १४-८ गोल अन्तरले पराजित हुदैं क्वार्टर फाइनल प्रवेशमा धक्का लागेको छ ।
विद्याश्रमकी लागि धन पुनले १२ गोल हिर्काए । त्यस्तै अन्नपुर्णले दोस्रो खेल पश्चिमाञ्चल सैनिकसित भिडेको थियो । दोस्रो खेलमा पनि ८-६ को स्थितिले पराजित हुदैं प्रतियोगिताबाट बाहिरिने दुर्भाग्य टोली बन्यो । त्यस्तै छात्र तर्फै अको खेलमा लिटिल स्टेपले सृजना बोर्डिङमाथि १९-१ को भारी गोल अन्तरले हराएको छ । जीवन थापाको उत्कृष्ट प्रदर्शनसँगै १२ गोल एक्लैले गरेपछि भारी गोल अन्तरले पराजित गरेको हो । यस्तै छात्रा तर्फगौरी शंकर उच्चमाविले ज्ञानुबाबा आवसिय विद्यालयमाथि प्रतिस्पर्धात्मक ७-५ ले गोल अन्तरले पराजित गर्दै अगाडि बढेको छ । त्यस्तै छात्र तर्फो खेलमा मेरी गोल्डले मनकामना बोर्डिङमाथि १७-५ गोल अन्तरले पराजित गरेको छ । छात्रा तर्फो खेलमा सरस्वती आदर्शले सेन्ट मेरिजलाई ६-३ गोल अन्तरले पराजित गरेको थियो ।
प्रतियोगिता रंगशालाभित्रको दुईवटा कोर्टमा खेलाइएको छ । लिगकम नकाउटको आधारमा खेलाइएको प्रतियोगितामा छात्र तर्फ९ र छात्रा तर्फ९ को सहभागिता रहेको छ । कास्की जिल्ला हृयाण्डबल संघले लामो समयदेखि अभाव रहदैं आएको कोर्टको निर्माण समेत गरेको छ । विभिन्न संघसंस्थाको झण्डै ६० हजार आर्थिक सहयोगमा रंगशालाको पुर्व तर्फहृयाण्डबल कोर्ट तयार भएको छ । कोर्टको लागि कालिका गणले श्रमदान समेत गरेको थियो । प्रतियोगितामा विभिन्न ७ जना खेलाडीलाई उत्कृष्टताबाट सम्मान गरिने छ भने विजयी विद्यालयलाई ३, २ र १ हजार रुपियाँसहित ट्रफी प्रदान गरिने छ । प्रतियोगिताको उदघाटन पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष मोहन रेग्मीले गर्नुभएको थियो । उदघाटन समारोहमा कास्की जिल्ला हृयाण्डबल संघका अध्यक्ष शेरबहादुर गुरुङ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिलबहादुर गुरुङ लगायतले हृयाण्डबलको बारेमा चर्चा गर्नुभएको थियो ।