१४ नोभेम्बर, २००८
श्रेष्ठताको होडमा नेपाल पुलिस र नबिल थ्री स्टार
पोखरान्युज डट कम डट एन्पी
काठमाडौं

२९ कार्तिक,काठमाडौं/ दशरथ रगशालाले लामो समयपछि उपकारी खेलका लागि शनिबार नेपाली फुटबलका दुइ महारथीलाई आफ्नो मैदानमा निम्त्याउदा नेपाल पुलिस क्लब र नबिल थ्री स्टार क्लबबीच मूल रूपमा श्रेष्ठताको प्रतिस्पर्धा चरम रूपमा देखिनेछ। पछिल्लो पटक २०६३ मा सम्पन्न लिगविजेता पुलिस र त्यतिखेर उपाधिका लागि पुलिससग नजिकबाट प्रतिस्पर्धा गरेको थ्री स्टारका लागि नेपाली फुटबलमा रवाफ जमाउन शनिबार हुने खेल उपयुक्त थलो बन्न सक्छ।

बाढीपीडितको सहयोगार्थ पाटन जेसिजले आयोजना गरेको उपकारी खेलमा नतिजा हत्याउन सके त्योसगै श्रेष्ठताको अनौपचारिक ताजसमेत पाइने दुवै टिमलाई थाहा छ। हामी नेपालको लिग च्याम्पियन हौं। प्रेसिडेन्ट्स कपमा पनि हामीले राम्रो गरिरहेका छौं। हामी विभागीय टिम भएकाले नियमित अभ्यासमा छौं र सधैं एउटा टिमबाट खेलेकाले हामीमा राम्रो तालमेल छ, नेपाल पुलिसका कप्तान अनन्त थापाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा भने- तथापि थ्री स्टार हाम्रो चिरपरिचित प्रतिद्वन्द्वी हो।

त्यसैले हामी उनीहरूलाई कमजोर आक्दैनौं। खेल पूर्ण प्रतिस्पर्धात्मक हुनेछ। २०६३ को लिगविजेता पुलिसले गतवर्ष प्रेसिडेन्ट्स कपमा नेपालको प्रतिनिधित्व गर्दा उपविजेता बनेर इतिहास रचेको थियो भने यसपालि पनि टिमले अन्तिम चारसम्मको यात्रा तय गरेको थियो। थ्री स्टारसग हार्ने कुरै आउदैन। इतिहास पनि उनीहरूको भन्दा हाम्रै राम्रो छ। हामी थ्री स्टारभन्दा माथि छौं, अनन्तको भनाइ थियो- हामीलाई थ्री स्टारसग र उनीहरूलाई हामीसग इगो पनि छ। उता यसै महिना मात्र भारतको सिक्किममा जितेको गभर्नर्स गोल्डकप उपाधिको जोश पोख्न आफूहरू आतुर रहेको थ्री स्टारका कप्तान सुरेन्द्र तामाङले बताए। गभर्नर्स गोल्डकप जितेपछि टिमको मनोबल उच्च भएको छ। पछिल्लो समयमा हामी पनि नियमित तयारीमा छौं। हामीले पुलिसलाई जितेका खेल पनि थुपै् छन्, साथमा अहिले राम्रो तयारीबाट हाम्रो टिमसंयोजन राम्रो भएको छ।

त्यसैले शनिबार जित हाम्रो पक्षमा हुनेछ -तामाङले भने। शनिबारको खेलले घम्साघम्सीपूर्ण प्रतिस्पर्धाका साथै दर्शकका लागि अर्को रोमाञ्चसमेत प्रस्तुत गर्ने भएको छ, राष्ट्रिय टोलीका पुर्वकप्तान गणेश थापाको पुनरागमनको बहानामा। कुनै बेला थ्री स्टारबाट समेत खुट्टा चलाइसकेका एन्फा अध्यक्ष गणेश थापाले करिब डेढ दशकअघि थन्क्याएको बुट पुनः निकाल्ने भएका छन्। मैत्रीपूर्ण खेलमा उत्कृष्ट प्रदर्शन गर्ने रक्षक, मिडफलिडर र गोलकिपर तथा म्यान अफ द म्याच विशेष पुरस्कारबाट पुरस्कृत हुने भएकाले व्यक्तिगत प्रतिस्पर्धा पनि चरम हुने अपेक्षा गरिएको छ। पुलिसविरुद्ध उमेर ढल्किसकेका थापालाई उतारे पनि नतिजा आफ्नै पक्षमा आउने थ्री स्टार कप्तान तामाङको दाबी छ। उनी भन्छन्- हामी नेपालको नम्बर एक फुटबल टिम हौं। पुलिसलाई हराउनैपर्छ। पुलिस कप्तान अनन्तको उत्तर भने यस्तो छ- बोलेर केही हुदैन। लिग हामी जित्ने, नम्बर एक अरू,फुटबल गतिविधि अवरुद्ध भइरहेका बेला यदि यही खेललाई स्तरमापनको आधार मान्ने हो भने शनिबार जसले जित्ला उही नम्बर वान्।


Post your comments here
समाचार
काठमाडौं, पुस २२ / लगातार नौंपटक अवरूद्ध संसद् बैठक सुरू गर्न सत्तारूढ र प्रतिपक्ष दलबीच मंगलबार बिहान बैठक सुरू भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा अहिले यो बैठक बसिरहेको छ।
पोखरा, २१ पुस/कास्की जिल्ला फुटबल संघका पदाधिकारीहरुले अखिल नेपाल फुटबल संघको विधान संशोधन गरी स्थानीय क्लबहरुलाई केन्द्रको क्लबसरह अधिकार दिनुपर्ने सुभाव दिएका छन् ।
लहान,२१ पुस/ केही वर्षअगाडि हरियो वनको रूपमा रहेको राष्ट्रिय वन मधेस आन्दोलन पछि अतिक्रमणको चपेटामा पर्दा दयनीय अवस्थामा पुगेकोमा आज लहानमा आयोजित एक कार्यक्रममा...
पोखरा, २१ पुस्/पर्यटन क्षेत्रमा लगानी बढेको छ । पर्यटक आगमनमा देखिएको सुधारसँगै पर्यटन क्षेत्रमा लगानी बृद्धि भएको हो । द्धन्द्ध शान्तिमा रुपान्तरण भएपछि आन्तरिक तथा बाहृय.....
२१ पुष, काठमाडौं/ साना दल र स्वतन्त्र सभासदसँग छात्रवृत्ति विधेयकमा सहमति जुट्न नसकेका कारण सोमबार बिहान ११ बजेका लागि बोलाइएको व्यवस्थापिका संविधानसभाको बैठक तीन....
२१ पुस, काठमाण्डौ/ नेकपा माओवादीको सैन्य संगठन जनमुक्ति सेनाले आफ्ना सेनालाइ पनि नेपाली सेना सरह सेवा र सुविधाको प्रदान गर्न सरकारसँग आग्रह गरेको छ । राजधानीको नयाँ बजारमा...