१५ नोभेम्बर, २००८
यु १४ हृयाण्डबलको उपाधि क्रमश सरस्वती र लिटिलस्टेपलाई
पोखरान्युज डट कम डट एन्पी
पोखरा

पोखरा, ३० कार्तिक/माउण्ट अन्नपुर्ण उच्चमाविद्वारा आयोजित यु १४ विद्यालयस्तरीय छात्र/छात्रा हृयाण्डबल प्रतियोगिताको उपाधि क्रमश लिटिल स्टेप र सरस्वती आदर्शले जितेका छन् । शनिबार सम्पन्न फाइनलमा छात्र तर्फलिटिल स्टेपले सरस्वतीलाई र छात्रा तर्फसरस्वतीले गौरीशंकरलाई पराजित गर्दै उपाधि जितेका हुन् ।
 पोखरा रंगशालास्थित हृयाण्डबलकोर्टमा सम्पन्न प्रतियोगितामा सरस्वतीले गौरीशंकरमाथि ५-० गोल अन्तरले पराजित गर्दै छात्रा तर्फो उपाधि जितेको हो । त्यस्तै लिटिलस्टेपले सरस्वतीमाथि.१५-१२ प्रतिस्पर्धात्मक गोल अन्तरले हराउँदै छात्र तर्फो उपाधि उचाल्न सफल भएको हो ।
 विद्यालयस्तरदेखि नै हृयाण्डबलको विकास गर्ने उद्देश्यले आयोजित लिगकम नकाउट प्रतियोगितामा विजेता विद्यालयलाई विभिन्न व्यक्तित्वले पुरस्कार प्रदान गर्नुभएको थियो । छात्र/छात्रा तर्फविजेता विद्यालयले क्रमश ३ हजार नगदसहित ट्रफी उचालेका थिए भने उपविजेता टोलीले नगद २ हजारसहितको पुरस्कार जितेको थियो । तृतीयस्थानमा आउने विद्यालयको पोल्टामा भने नगदराशी १ हजार परेको थियो ।
 छात्र तर्फउच्च गोलकर्ताबाट धन पुन(सरस्वती) घोषित भए । त्यस्तै नरायण गुरुङ पीभोट(मेरीगोल्ड ), सुजन केसी सेन्ट्रल व्याक( पश्चिमाञ्चल सैनिक), समिद खड्का बेष्ट गोलकिपर(लिटिलस्टेप),सोभित गुरुङ लेफ्ट विङ्स(लिटिलस्टेप), सुदिप घले लेफ्टव्याक(माउण्ट अन्नपुर्ण), जीवन थापा राइट व्याक(लिटिलस्टेप) र धन पुन राइट व्याक(सरस्वती) घोषित भए ।
 त्यस्तै छात्रा तर्फपुनम अर्मजा सेन्टमेरिज(सेन्टरव्याक), सरस्वतीकी कविता गुरुङ(बेष्ट पीभोट), ज्ञानुबाबाकी करुणा शाही(लेफ्ट व्याक), माउण्ट अन्नपुर्णकी सुष्मा शर्मा(राइट विङ्स), सरस्वतीकी रन्जना थापा(बेष्ट गोलकिपर), रेन्वो एकेडेमीकी मनिषा थापा(लेफ्ट विङ्स), सरस्वतीकी सुष्मा पुन(राइट व्याक) र ज्ञानुबावाकी अरुणा शाही र्सवाधिक गोलकर्ताबाट पुरस्कृत भइन् । उनीहरुलाई सशस्त्र प्रहरीबलका डिआइजी खोजबहादुर गुरुङले पुरस्कार प्रदान गर्नुभएको थियो ।
 कास्की जिल्ला हृयाण्डबल संघद्वारा नवनिर्मित कोर्टमा प्रतियोगिता सञ्चालन गरिएको थियो । झण्डै ६० हजार लागतमा निर्माण गरिएको कोर्टमा सम्पन्न गरिएको थियो । शसस्त्र प्रहरी र जनपद प्रहरीको सहयोगमा रंगशालाभित्रको फुटबल मैदानको पुवतर्फहृयाण्डबल कोर्ट निर्माण गरिएको छ । प्रतियोगितामा विभिन्न विद्यालयका छात्र र छात्रा गरी १८ टोलीको सहभागिता रहेको थियो ।


Post your comments here
समाचार
काठमाडौ,२२ पुस । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन -र्सार्कका एचआइभी/एड्स तथा क्षयरोगका लागि सद्भावना राजदूत शवाना आज्मीले एचआइभी/एड्स तथा क्षयरोग नियन्त्रणका ...
२२ पुस, काठमाण्डौ/ मधेसी जनअधिकार फोरमभित्र विबाद चर्किएपछि असन्तुष्ट समुहले सरकारमा सहभागी आफ्ना मन्त्रीहरुलाइ हटाउन प्रधानमन्त्री प्रचण्डसंग आग्रह गरेको छ । असन्तुष्ट समुहले...
काठमाडौं, २२ पुस/ प्याराग्लाइडिङ उद्‍घाटन गर्न ललितपुरको कोटडाँडा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल सहितका वरिष्ठ व्यक्तिहरू आकाशमा नउडी फर्केका छन्। प्याराग्लाइडिङ उद्‍घाटन पश्चात...
काठमाडौं, २२ पुस/ सत्तारूढ तेस्रो ठूलो दलका ३८ सभासदले आफ्ना पार्टीका सबै मन्त्रीलाई सरकारबाट फिर्ता गर्न माग गर्दै प्रधानमन्त्री कार्यालयमा मंगलबार अपराह्न ज्ञापनपत्र बुझाएका छन् ।
२२ पुष,काठमाडौं/ लोडसेडिङ्गका कारण केन्द्रीय सदस्यहरुले राजनीतिक प्रतिवेदन पढ्न नसकेको भन्दै समय थप गर्न माग गरेपछि सत्तारुढ नेकपा एमाले केन्द्रीय कमिटिको बैठक मंगलबार....
पोखरा, २२ पुस/सरकारले भौतिक पुर्वाधार निर्माणमा लागनी कम गरेपछि सडक विभाग अर्न्तगतको यान्त्रिक कार्यालयका उपकरणहरु प्रयोगविहीन बनेका छन् । पाँचवर्षयता सरकारले पुर्वाधारमा....