१६ नोभेम्बर, २००८
बुस्ट यू-१७ को उपाधि काठमाडौँलाई
पोखरान्युज डट कम डट एन्पी
पोखरा


 काठमाडौँ, १ मंसिर - क्षेत्र नं. ३ काठमाडौँले क्षेत्र नं. ६ बैतडीलाई ७ विकेटले पराजित गरी बुस्ट यू-१७ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । त्रिवि अन्तराष्ट्रिय मैदानमा भएको फाइनल खेलमा वैतडीले टस जितेर पहिले व्याटिङ रोजेको थियो ।
 वैतडीले निर्धारित ४० ओभरमा ९ विकेट गुमाउदैँ १३२ रन जोडेको थियो । प्रतिउत्तरमा मैदामा उत्रेको काठमडौँले ३० ओभर ३ बलमा ३ विकेट गुमाउदै विजयी भयो । लिग चरणमा बैतडीले काठमाडौँलाई २० रनले हराएको थियो । फाइनलमा वैतडीका खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।
 काठमाडौँका लागि विजय र आयुषले उत्कृष्ट सुरुवात गरे । उनीहरुले पहिलो विकेटका लगि १०६ रनको साझेदारी गरेका थिए । काठमाडौँका खेलाडीहरुको व्याटिङ आक्रमक रहेको थियो । अर्धशतक बनाउन २ रनको अपुग भएका आयुषले ७६ बलको सामना गर्दै ४ चौकाको मदतले ४० रनको योगदान दिएका थिए ।
 म्यान अफ दि म्याच विजयले ६९ बलमा ५ चौकाको सहायताले ४८ रन जोडेका थिए । बैतडीका लागि प्रदिप ऐरी ५ रन बनाउदै आउट भए पछि बैतडी काठमाडौँको दवावमा परेको थियो । वैतडीका लागि सुरेन्द्र बहादुर चन्दले र्सवाधिक २७ रन जोडे । विजयी टिमका लागि पृथृ र उज्जवलले ३-३ विकेट लिएका थिए ।
 लिग चरणमा १२५ रन बनाइ ७ विकेट लिएका वैतडीका प्रदिप म्यान अफ दि सिरिज, १५ विकेट लिएका पृथृ उत्कृष्ट बलर र १५० रन बनाएका विरगन्जका अमित उत्कुष्ट ब्याट्स म्यान घोषित भए ।


Post your comments here
समाचार
काठमाडौं, २२ पुस/ सत्तारूढ तेस्रो ठूलो दलका ३८ सभासदले आफ्ना पार्टीका सबै मन्त्रीलाई सरकारबाट फिर्ता गर्न माग गर्दै प्रधानमन्त्री कार्यालयमा मंगलबार अपराह्न ज्ञापनपत्र बुझाएका छन् ।
२२ पुष,काठमाडौं/ लोडसेडिङ्गका कारण केन्द्रीय सदस्यहरुले राजनीतिक प्रतिवेदन पढ्न नसकेको भन्दै समय थप गर्न माग गरेपछि सत्तारुढ नेकपा एमाले केन्द्रीय कमिटिको बैठक मंगलबार....
पोखरा, २२ पुस/सरकारले भौतिक पुर्वाधार निर्माणमा लागनी कम गरेपछि सडक विभाग अर्न्तगतको यान्त्रिक कार्यालयका उपकरणहरु प्रयोगविहीन बनेका छन् । पाँचवर्षयता सरकारले पुर्वाधारमा....
कञ्चनपुर,२२ पुस/ भारतबाट दैनिक ब्रोइलर कुखुरा र कालो हाँस भित्रिन थालेपछि दोधारा-चाँदनीका बासिन्दा त्रसित भएका छन्। भारतका विभिन्न भेगमा बर्डफ्लु देखा परेपछि नेपालमा प्रतिबन्धित...
November's attack on Mumbai must have had support from some official agencies in Pakistan, Indian Prime Minister Manmohan Singh has said.
२२ पुस,काठमाडौं/ नेपालमा एचआइभी एड्ससम्बन्धी दक्षिण एसियाली सद्भावना राजदूत भारतीय अभिनेत्री शबाना आजमी र स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलबीच मंगलबार बिहान स्वास्थ्य..