१६ नोभेम्बर, २००८
थ्रि-स्टारद्धारा पुलिस पराजित
पोखरान्युज डट कम डट एन्पी
काठमाडौँ


 काठमाडौँ १ मंसिर - मानविय कल्याणका लागि पाटन जेसिसको आयोजनामा दशरथ रङ्गशालमा भएको मैत्रीपूण खेलमा नेपाल पुलिस क्लबलाई शून्यका विरुद्ध १ गोल गर्दै थ्रि-स्टार विजयी भएको छ । मैत्रीपूण खेल कोसी र पश्चिम बाढी पिडितहरुका लागि सहयोग जुटाउन पाटन जेसिसले आयोजना गरेको थियो ।
 नेपालमा ए डिभिजन लिग भै नरहेको वेलामा निकै शसक्त मानिने टिम मानिने दुइ महारथी नविल थ्रि-स्टार र नेपाल पुलिस विचको खेल निकै प्रतिस्पर्धात्मक रहेको थियो । विगतको आहा गोल्डको फाइनलपछि यि दुइ पहिलो पटक भिडेका थिए । आहा गोल्ड कपको हारको बदला लिन सफल थ्रि-स्टारका लागि परिवर्तित खेलाडी युगलकिशोर र्राईले ७८ औँ मिनेटमा प्रविण कार्कीको पासलाई सदुपयोग गर्दै उत्कृष्ट गोल गरेको थिए । ३० मिनेट मैदानमा रहेका एन्फाका अध्यक्ष गणेश थापाले थ्रि-स्टारका लागि २ सुन्दर अवसरलाई गोल गर्नबाट चुकेका थिए ।
 खेलको ६७ औँ मिनेटमा विजय गुरुङले गरेको हेडबल पुलिसका सुमन सुवेदीले बचाएक्ा थिए । रेफ्री लव खत्रीले ७१ औँ मिनेटमा पुलिसका पर्वत पाण्डेलाई दोहोरो पहेँलो कार्ड देखाएपखि पाण्डे मैदान छाड्न बाध्य भएका थिए । त्यसपछि नेपाल पुलिस १० खेलाडीमा समेटिएको थियो ।
 खेलमा नेपाल पुलिसका रविन्द्र श्रेष्ठ वेस्ट डिफेन्डर, थ्रि-स्टारका विजय गुरुङ वेस्ट मिडफिल्डर, किरण चेम्जोङ वेस्ट गोलकिपर, जुमुनु र्राई वेस्ट फरवार्ड र युगलकिशोर र्राई म्यान अफ दि म्याचको पुरस्कार प्राप्त गरे ।


Post your comments here
समाचार
काठमाडौ,२२ पुस । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन -र्सार्कका एचआइभी/एड्स तथा क्षयरोगका लागि सद्भावना राजदूत शवाना आज्मीले एचआइभी/एड्स तथा क्षयरोग नियन्त्रणका ...
२२ पुस, काठमाण्डौ/ मधेसी जनअधिकार फोरमभित्र विबाद चर्किएपछि असन्तुष्ट समुहले सरकारमा सहभागी आफ्ना मन्त्रीहरुलाइ हटाउन प्रधानमन्त्री प्रचण्डसंग आग्रह गरेको छ । असन्तुष्ट समुहले...
काठमाडौं, २२ पुस/ प्याराग्लाइडिङ उद्‍घाटन गर्न ललितपुरको कोटडाँडा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल सहितका वरिष्ठ व्यक्तिहरू आकाशमा नउडी फर्केका छन्। प्याराग्लाइडिङ उद्‍घाटन पश्चात...
काठमाडौं, २२ पुस/ सत्तारूढ तेस्रो ठूलो दलका ३८ सभासदले आफ्ना पार्टीका सबै मन्त्रीलाई सरकारबाट फिर्ता गर्न माग गर्दै प्रधानमन्त्री कार्यालयमा मंगलबार अपराह्न ज्ञापनपत्र बुझाएका छन् ।
२२ पुष,काठमाडौं/ लोडसेडिङ्गका कारण केन्द्रीय सदस्यहरुले राजनीतिक प्रतिवेदन पढ्न नसकेको भन्दै समय थप गर्न माग गरेपछि सत्तारुढ नेकपा एमाले केन्द्रीय कमिटिको बैठक मंगलबार....
पोखरा, २२ पुस/सरकारले भौतिक पुर्वाधार निर्माणमा लागनी कम गरेपछि सडक विभाग अर्न्तगतको यान्त्रिक कार्यालयका उपकरणहरु प्रयोगविहीन बनेका छन् । पाँचवर्षयता सरकारले पुर्वाधारमा....